Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

नेपालमा मुसलमानहरुको संख्या बढ्दै छ

नेपालमा मुसलमानहरुको संख्या बढ्दै छ


  • बिहिबार, पुष १२ २०८०
  • 91
    SHARES

     

    लोक सारथी संवाददाता, रुपन्देही । नेपालमा पछिल्लो एक दशकमा मुसलमानहरुको संख्यामा वृद्धि भएको छ । सन् २०२१ को जनगणना अनुसार नेपालमा १२ लाख ५३ हजार मुसलमानहरु छन् । २०११ मा नेपालमा मुसलमानहरु संख्या देशको कुल जनसंख्याको ४.४ प्रतिशत थियो । यस हिसाबले नेपालमा १० वर्षमा ०.६९ प्रतिशत मुसलमानहरु बढेको देखिन्छ ।

    द गार्जियनको एक रिपोर्ट अनुसार सन् २०३० सम्म नेपालमा मुसलमानहरुको जनसंख्या १७ लाख ५ हजार पुग्ने छ । सन् २०२१ को जनगणनाको हिसाबले हाल नेपालमा १४ लाख ८३ हजार ६० मुसलमानहरुको बसोबास छ जुन कुल जनसंख्याको ५.०९ प्रतिशत हुन आउँछ ।

    नेपालमा हिन्दूहरु २०११ मा ८१.३% थिए जसमा ०.११% कमी आएको छ । २०२१ को जनगणना अनुसार नेपालमा अहिले २ करोड ३६ लाख ७७ हजार ७४४ जना हिन्दू छन् । हिन्दू पछि नेपालमा बौद्ध सम्प्रदाय जनसंख्याको हिसाबले दोस्रो स्थानमा छ । यद्यपि २०११ को तुलनामा बौद्धहरुको संख्या ०.७९% ले घटेको छ ।

    १० वर्षको अवधिमा नेपालमा ०.३६% ले ईसाई सम्प्रदायका अनुयायीहरुमा वृद्धि भएको छ । अहिले नेपालमा ५ लाख १२ हजार ३१३ किश्चियनहरु बसोबास गरिरहेका छन् ।

     

    प्रकाशित : बिहिबार, १२ पुष २०८० , ०५:५३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend