Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आयोगद्वारा सामाजिक बहिस्कार घटनाको उजुरी दर्ता गर्न प्रहरीलाई निर्देशन

आयोगद्वारा सामाजिक बहिस्कार घटनाको उजुरी दर्ता गर्न प्रहरीलाई निर्देशन


  • शनिबार, पुष १४ २०८०
  • 156
    SHARES

    दोलखा । राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयले सामाजिक बहिस्कार घटनाको उजुरी दर्ता गर्न प्रहरीलाई ०८० पुस १३ गते निर्देशन दिएको छ ।

    वैतेश्वर गाँउपालिका-६, घिमिरेटारकी ३७ वर्षीया सुन्तली घिमिरेले आफूलाई स्थानीय वन्दुहरूको पुजारी माधव घिमिरे लगायतका समूहले सामाजिक बहिस्करण गरेको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको भन्दै इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको टोली समक्ष पुस १२ गते न्यायका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

    सामाजिक बहिस्करणमा पर्नुभएकी पीडित घिमिरेले प्रभावकारी अनुसन्धानका लागि पहल गरिदिन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा पुस १३ गते लिखित निवेदन दिनुभएको थियो ।

    इन्सेक जिल्ला प्रतिनिधि र आयोगको टोलीले पुस १३ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको कार्यकक्ष मार्फत जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खडकालाई पीडितको उजुरी दर्ता गरी प्रभावकारी रूपमा अनुसन्धान गर्न निर्देशन गरेको राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका मानव अधिकार अधिकृत कृष्ण मिश्रले जानकारी दिनुभयो ।

    प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले रज्य विहिन अवस्था नरहेको उल्लेख गर्दै सिघ्र पीडितको उजुरी दर्ता गर्न डिएसपी खडकालाई निर्देशन दिँदै घटनास्थलमै गई सिघ्र रूपमा पीडितलाई न्याय दिलाउन आफूले नेत्रृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले घटनाको बारेमा पीडितलाई सहयोग गरेकोमा इन्सेक र आयोगको टोलीलाई धन्यवाद दिँदै मानव अधिकार संरक्षण र संवर्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनु भयो ।

    प्रकाशित : शनिबार, १४ पुष २०८० , ०६:०० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend