Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लायन्स क्लबहरुको संयुक्त आयोजनामा सिनपा–१ मा अवस्थित मदरसाका १८० छात्राहरुलाई सिरक तथा डसना वितरण

लायन्स क्लबहरुको संयुक्त आयोजनामा सिनपा–१ मा अवस्थित मदरसाका १८० छात्राहरुलाई सिरक तथा डसना वितरण


  • शनिबार, पुष १४ २०८०
  • 468
    SHARES

      राजु विके

    रुपन्देही, पौष १४ । लायन्स क्लब अफ सिद्धार्थनगर युथ तथा लायन्स क्लब अफ बुटवल अन्तर्गतका विभिन्न लायन्स क्लबहरुको संयुक्त आयोजनामा छात्राहरुलाई सिरक र डसना लगायतका न्यानो कपडा वितरण गरिएको छ । पौष १४ गते शनिवारका दिन क्लबहरुले सिनपा–१  हर्नहिया, रुपन्देहीमा अवस्थित जामिया कमरुन निशा निश्वा कलेज (मदरसा) को छात्रावासमा रहेका १८० छात्राहरुलाई न्यानो कपडा, बिस्तरा सेट वितरण गरेका हुन् ।

    जाडोयामका बेला छात्राहरुलाई न्यानो बिस्तरा, डसना, सिरक आदिको आवश्यकता रहेकोमा सो आवश्यकतालाई लायन्स क्लब अफ बुटवलका विभिन्न क्लबहरुको संयुक्त आयोजनामा कार्यक्रम गरि पूरा गरिएको लायन्स क्लब अफ बुटवल चौतारीका अध्यक्ष रामजी नेपालले बताउनुभयो । कक्षा १ देखि १० सम्मका कलिला छात्राहरुलाई शिक्षा प्रदान गर्नका लागि कलेज प्रशासनले मुठीदानको सहायता लिदै आएकोमा उनीहरुको अभावग्रस्त अवस्थातर्फ सबै सरोकारवालाहरुको ध्यान जानुपर्ने अध्यक्ष नेपालले भन्नुभयो । अध्यक्ष नेपालले दिनुभएको जानकारी अनुसार छात्रावासमा रहेका छात्राहरुलाई १५० थान सिरक, डसना वितरण गरिएको छ ।

    उक्त बेडफोम एण्ड ब्लान्केट डिस्टरीबुसन प्रोग्राम लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता तथा डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन अर्जुनमान सैजुको विशिष्ट आतिथ्यतामा लायन्स डिस्ट्रिक्ट ३२५ P का 2nd VDG PMJF Lion बालाराम भट्टराई, LCIF Co-ordinator Lion सन्दिप कसौधन लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ बुटवल क्षीतिज, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द, लायन्स क्लब अफ बुटवल लुम्बिनी सिटी, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटी, लायन्स क्लब अफ बुटवल चौतारी, लायन्स क्लब अफ बुटवल स्टार्सको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा जामिया कमरुन निसा निश्वा कलेजका प्राचार्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको समेत सहभागिता रहेको थियो ।

    उक्त कलेजमा पठनपाठन लगायतका सबै व्यवस्था विभिन्न मनकारी संघसंस्था तथा महानुभावहरुको आर्थिक तथा नैतिक सहयोगमा सञ्चालन हुँदै आएकोमा सम्पूर्ण सहयोगीहरुलाई आयोजक लायन्स क्लबहरुले मन खोलेर प्रशंसा तथा आभार व्यक्त गरेका थिए । आयोजक पक्षले बताए अनुसार आजको डसना तथा सिरक वितरण कार्यक्रम १ लाख ५० हजार रुपैयाँको लागतमा सम्पन्न भएको थियो ।

    प्रकाशित : शनिबार, १४ पुष २०८० , ०९:२२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend