Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा प्रकाश यादव जेल चलान

बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा प्रकाश यादव जेल चलान


  • सोमबार, पुष १६ २०८०
  • 273
    SHARES

    सप्तरी । १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा सुरुङ्गा नगरपालिका–३ दौलतपुर लक्ष्मीपुरका २५ वर्षीय जिवछ प्रकाश यादवलाई पुस १६ गते ६ महिना कैद सजाय भएको छ ।

    जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासबाट कैद सजायका साथै आरोपितले ५० हजार रूपियाँ जरिवाना तिर्नुपर्ने र ३५ हजार रूपियाँ क्षतिपूर्ति भर्नु पर्ने फैसला भएको इजलास अधिकृत हरिकुमार लिम्बुले बताउनु भयो ।

    आरोपितले २०८० भदौ १४ गते राति १२ बजे बलात्कार प्रयास गरेको भन्दै पीडितका ३८ वर्षीय बुवाले इलाका प्रहरी कार्यालय कडरबोनामा कात्तिक ३ गते उजुरी दिनुभएको थियो । पीडितकी आमा राखी बाँध्न शम्भुनाथ ढिकहास्थित माइत गएकी र बुवा आनन्द पूजाको नाच हेर्न गाउँ निक्लेको बेला हजुरआमासँग रहेकी पीडितलाई आँगनबाट बहिनी भनी बोलाई राखी बाँध्न लगाउँदै पोकाबाट जिलेबी झिकी खुवाई अंगालो मार्न खोजेपछि प्रतिवाद गर्दा छुरा देखाई बलात्कार गर्न खोज्दा होहल्ला भएपछि हजुरआमा उठेर आउँदा आरोपित फरार भएको पीडितले बताउनु भयो । आरोपितले ०८० असोज १ गते तिज पर्वका दिन पुनः दुव्र्यवहार गरेपछि गाउँलेहरूले समात्न खोज्दा आरोपित भागेको पीडितले बताउनु भयो ।

    पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहान, सिरहामा कात्तिक ३ गते भयो । इलाका प्रहरी कार्यालय कडरबोनाले कात्तिक ३ गते उजुरी दर्ता गर्‍यो । आरोपित कात्तिक ३ गते लक्ष्मीपुर टोलबाट गिरफ्तार भए । जिल्ला अदालतमा कात्तिक २२ गते अभियोग पत्र दायर भयो । न्यायाधीश नविनकुमार जोशीको इजलासबाट कात्तिक २३ गते आरोपित १ लाख रूपियाँ धरौटी राखि पुर्पक्षका लागि रिहा भएका थिए ।

    प्रकाशित : सोमबार, १६ पुष २०८० , ०६:२० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend