Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जे–सर्ट बुटवलमा आवद्ध कन्सलटेन्सी व्यवसायीहरु सम्मानित

जे–सर्ट बुटवलमा आवद्ध कन्सलटेन्सी व्यवसायीहरु सम्मानित


  • शनिबार, माघ ६ २०८०
  • 650
    SHARES

    रुपन्देही । जापानिज भाषाको परीक्षा लिने जे–सर्ट (Certificate of Japanese as Foreign language) बुटवल केन्द्रले विधार्थीलाई बुटवल सेन्टरमा परीक्षा दिलाउन जिम्मेवार कन्सलटेन्सी सञ्चालकहरुलाई सम्मान गरेको छ ।

    जापान जान इच्छुक विधार्थीको लागि विश्वसनीय तथा भरपर्दो परीक्षा दिलाउने जे–सर्ट बुटवल शाखा छोटो समयमै धेरै नेपाली विधार्थीलाई जापानिज परीक्षामा सम्मिलित गराइ दक्ष विधार्थी छनोट गरि नेपालबाट जापान पठाउने कार्यका लागि जापान सरकारको विश्वास जित्न सफल भएको छ ।

    शुक्रबार (माघ ५ गते) मणिग्राममा एक कार्यक्रमका बीच रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, स्याङजा लगायतमा ठाउँमा कन्सलटेन्सी सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई प्रमाण पत्र तथा खादा लगाई सम्मान गरिएको हो ।

    कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीका नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई समेत सम्मान गरिएको थियो । साथै जे– सर्ट बुटवल केन्द्रमा सवैभन्दा बढी विधार्थीलाई सहभागी गराई प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सुसुकि कन्सलटेन्सी सुनवल, सेन्ट्रल कलेज बुटवल र करियर प्लानिङ्ग एजुकेशन नेटवर्क बुटवललाई सम्मान गरिएको थियो ।

    सो कार्यक्रममा जे सर्ट केन्द्रिय कार्यालय काठमाण्डौका परीक्षा सञ्चालन प्रमुख निश्चित शाहीले जे–सर्ट जापानमा जाने विदेशी नागरिकहरूलाई जापानमा जीवनयापनका दौरान दैनिक बोलीचालीमा अधिकतम प्रयोग हुने जापानी भाषाको क्षमता मापन गरी जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र बिनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमता छ कि छैन भनेर निर्धारण जापानी भाषाको दक्षताको प्रमाण पत्र रहेको बताए।

    शालीले केही वर्ष अघिसम्म जापानिज भाषा परीक्षा दिन काठमाण्डौ जानुपर्ने बाध्यता रहेकोमा जे सर्ट बुटवल केन्द्रले विधार्थीको समस्यालाई मध्यनजर गरी बुटवलमै परीक्षा केन्द्र ल्याएको बताए । जापान जानको लागि लिइने अन्य परीक्षाभन्दा यस परीक्षा उत्कृष्ट परीक्षा भएको बताउँदै उहाँले नेपालभर जेसर्टको ८ वटा परीक्षा केन्द्रमध्ये बुटवल परीक्षा केन्द्र उत्कृष्ट परीक्षा केन्द्र भएको सार्वजनिक रुपमा खुलासा गरे।

    ई–क्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेले रुपन्देहीमा कन्सलटेन्सी सञ्चालन गरेका व्यवसायीले विदेशी भाषाको परीक्षा सञ्चालन गर्न पाएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उहाँले जापानिज भाषाको परीक्षा लिदै आएको जेसर्ट बुटवलका सञ्चालकलाई परीक्षा निष्पक्ष रुपमा लिएर राम्रो अंक ल्याएका विधार्थी मात्र उत्तीर्ण हुने वातावरण मिलाउन आग्रह गरे । साथै रुपन्देहीमा सञ्चालित सम्पूर्ण कन्सलटेन्सी व्यवसायीहरु अनिवार्य रुपमा दर्ता भएर मात्र सञ्चालन गर्न समेत शाहीको आग्रह थियो।

    करिव ४५ जना कन्सलटेन्सी सञ्चालकहरु सहभागी रहेको सम्मान कार्यक्रमको जे–सर्ट बुटवलका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा र सञ्चालक ओम प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रकाशित : शनिबार, ६ माघ २०८० , ०३:१५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend