लोकसारथि, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन सशक्तीकरण र प्रदेशस्तरीय गतिविधि तीव्र बनाउन सातवटै प्रदेशमा इन्चार्जहरू नियुक्त गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको हो।
बैठकको निर्णयअनुसार:
-
कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार
-
मधेस प्रदेशको इन्चार्ज मनिष झा
-
बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी
-
गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल
-
लुम्बिनी प्रदेशको इन्चार्ज विपिनकुमार आचार्य
-
कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली
-
सुदूरपश्चिम प्रदेशको इन्चार्ज हरि ढकाल तोकिएका छन्।
रास्वपाले प्रदेश र जिल्ला कमिटीहरूलाई थप सक्रिय र जनउत्तरदायी बनाउने उद्देश्यले इन्चार्जहरूको जिम्मेवारी स्पष्ट रूपमा तोकेको जनाएको छ। पार्टीका अनुसार संगठन विस्तार, जनसंपर्क, र आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश इन्चार्जहरू मुख्य भूमिका निर्वाह गर्नेछन्।
पार्टीका कार्यवाहक प्रवक्ताले भने, “अब प्रदेशस्तरमा रास्वपा अझ सशक्त रूपमा प्रस्तुत हुनेछ। संगठन विस्तारसँगै जनअपेक्षालाई प्राथमिकतामा राखेर काम गरिनेछ।”
रास्वपाले पछिल्लो समय संगठन सुदृढीकरण अभियानलाई प्राथमिकता दिँदै विभिन्न संरचनात्मक निर्णयहरू लिँदै आएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
