(अध्याय १: अर्जुनविषादयोग)
श्लोक ६:
युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् ।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथाः ॥६॥
शब्दार्थ:
- युधामन्यु: एक वीर योद्धा, जो द्रुपद पुत्रका सहयोगी थिए।
- विक्रान्त: अद्भुत शौर्य सम्पन्न योद्धा।
- उत्तमौजाः: एक शक्तिशाली योद्धा, जो द्रुपद पक्षमा थिए।
- वीर्यवान्: अत्यन्त पराक्रमी।
- सौभद्रः: अभिमन्यु, अर्जुनका पुत्र।
- द्रौपदेयाः: द्रौपदीका पाँच पुत्रहरू।
- सर्वे एव महारथाः: यी सबैजना महान् योद्धा हुन्।
व्याख्या:
दुर्योधन द्रोणाचार्यलाई सम्झाउँदै पाण्डव पक्षमा रहेका महायोद्धाहरूको परिचय दिन्छ। युधामन्यु र उत्तमौजा द्रुपदका विश्वस्त योद्धा थिए, जो पाण्डव पक्षबाट युद्ध लड्न आएका थिए। अभिमन्यु, अर्जुन र सुभद्राका पुत्र, एक महान् वीर थिए, जसले चक्रव्यूह भेदनको अद्भुत क्षमता राख्थे। द्रौपदीका पाँच पुत्रहरू – प्रतिविन्ध्य, सुतसोम, श्रुतकीर्ति, शतानीक र श्रुतसेन पनि बलशाली योद्धा थिए। दुर्योधन यहाँ संकेत गर्न खोज्छ कि पाण्डव पक्षमा एक से एक वीर छन्, जो महारथी अर्थात् एकैपटक हजारौं सैनिकहरूसँग लड्न सक्षम छन्।
श्लोक ७:
अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम ।
नायका मम सैन्यस्य संज्ञार्थ तान्ब्रवीमि ते ॥७॥
शब्दार्थ:
- अस्माकं तु विशिष्टाः: हाम्रो पक्षमा रहेका मुख्य योद्धाहरू।
- तान्निबोध: ती जान्नूस्।
- द्विजोत्तम: ब्राह्मणमध्ये श्रेष्ठ (द्रोणाचार्य)।
- नायका मम सैन्यस्य: मेरो सेनाका प्रमुख योद्धाहरू।
- संज्ञार्थ: युद्ध संकेतहरू बुझाउनेको रूपमा।
- तान्ब्रवीमि ते: तिनीहरूको वर्णन म तिमीलाई बताउँछु।
व्याख्या:
दुर्योधन अब आफ्नो पक्षका विशेष युद्धवीरहरू को चर्चा गर्न थाल्छ। उनी गुरु द्रोणाचार्यलाई “द्विजोत्तम” (सर्वश्रेष्ठ ब्राह्मण) भनेर सम्बोधन गर्दै, कौरव सेनाका मुख्य नायकहरूको विवरण दिन्छन्। यो संवादमा उसले आफ्नो सेनाको शक्ति देखाउन खोजेको छ।
श्लोक ८:
भवान् भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः ।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च ॥८॥
शब्दार्थ:
- भवान्: (द्रोणाचार्य), तपाईं स्वयं।
- भीष्मः: भीष्म पितामह, कौरव पक्षका प्रधान सेनापति।
- कर्णः: दानवीर कर्ण, जो अर्जुनसँग प्रतिस्पर्धा गर्न सक्ने योद्धा।
- कृपः समितिञ्जयः: कृपाचार्य, जो युद्ध जित्न सक्षम थिए।
- अश्वत्थामा: द्रोणाचार्यका पुत्र।
- विकर्णः: दुर्योधनको भाइ, जसले द्रौपदीको चीरहरणमा विरोध गरेका थिए।
- सौमदत्तिः: बाह्लिक पुत्र, जो एक महान् योद्धा थिए।
व्याख्या:
दुर्योधन यहाँ अपनी सेनाको प्रमुख महारथीहरूको नाम लिन्छन्। उनले पहिलो स्थानमा द्रोणाचार्य को नाम लिएर सम्मान व्यक्त गर्छन्। भीष्म पितामह कौरव पक्षका मुख्य सेनापति हुन्। कर्ण अर्जुनका मुख्य प्रतिस्पर्धी हुन्, कृपाचार्य बुद्धिमान र अनुभवी योद्धा हुन्। अश्वत्थामा, विकर्ण, सौमदत्ति पनि युद्धकला र रणकौशलमा निपुण योद्धा हुन्।
श्लोक ९:
अन्ये च बहवः शूरा मदर्थे त्यक्तजीविताः ।
नानाशस्त्रप्रहरणाः सर्वे युद्धविशारदाः ॥९॥
शब्दार्थ:
- अन्ये च बहवः शूराः: अरू धेरै बहादुर योद्धाहरू।
- मदर्थे त्यक्तजीविताः: मेरो लागि जीवन अर्पण गर्न तयार।
- नानाशस्त्रप्रहरणाः: अनेक प्रकारका अस्त्र-शस्त्र धारण गर्ने।
- सर्वे युद्धविशारदाः: सबैजना युद्धमा निपुण।
व्याख्या:
दुर्योधन भन्छन् कि भीष्म, द्रोण, कर्ण जस्ता महावीरहरूसँगै अन्य बहादुर योद्धाहरू पनि मेरो लागि जीवन अर्पण गर्न तयार छन्। उनीहरू विभिन्न अस्त्र-शस्त्र चलाउन कुशल छन् र युद्धकलामा पारंगत छन्।
श्लोक १०:
अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम् ।
पर्याप्तं त्विदमेषां बलं भीमाभिरक्षितम् ॥१०॥
शब्दार्थ:
- अपर्याप्तं: अस्थिर, अपर्याप्त (बलको परिपूर्णता नभएको)।
- तदस्माकं बलं: हाम्रो शक्ति।
- भीष्म-अभिरक्षितम्: भीष्मद्वारा रक्षित।
- पर्याप्तं: स्थिर, पूर्ण (पर्याप्त)।
- त्विदम् एषां बलं: पाण्डवहरूको शक्ति।
- भीम-अभिरक्षितम्: भीमसेनद्वारा रक्षित।
व्याख्या:
दुर्योधन स्वीकार्छन् कि भीष्म पितामह जति शक्तिशाली भए पनि, हाम्रो सेना संगठित छैन। त्यसैले, हाम्रो बल अपर्याप्त छ। तर, पाण्डवहरूको सेना भीमद्वारा संरक्षित भएकाले उनीहरूको शक्ति पर्याप्त छ। यहाँ उनले अप्रत्यक्ष रूपमा पाण्डव पक्षलाई प्रशंसा गरेका छन्।
युद्धको पूर्वसंग्राम स्थितिको संकेत
यी श्लोकहरूमा दुर्योधनको मानसिक अवस्था स्पष्ट देख्न सकिन्छ। उनले आफ्नो पक्षका वीरहरूलाई गहिरो रूपमा परिचय गराए तापनि, अन्त्यमा उनको मनोबल कमजोर देखिन्छ। उनको शब्दहरूमा भयको संकेत छ। उनले आफ्ना वीर सेनानीहरूको बखान गरे तापनि, उनलाई लाग्छ कि पाण्डव पक्ष अधिक संगठित, आत्मविश्वासी र रणनीतिक रूपमा बलियो छ।
यस संवादबाट हामी के सिक्न सक्छौं?
–संगठनबद्ध सेना नै बलियो हुन्छ।
–आत्मविश्वास युद्ध जित्ने प्रमुख तत्व हो।
–केवल बाहिरी शक्ति पर्याप्त हुँदैन, आन्तरिक रणनीति बलियो हुनुपर्छ।
(अर्को शृङ्खला जारी रहनेछ… जय श्रीराधेकृष्ण🙏)
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
