logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

पश्चिमी वायुको प्रभाव : केही स्थानमा हिमपात र वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : केही स्थानमा हिमपात र वर्षाको सम्भावना


  • बुधबार, माघ १६ २०८१
  • 494
    SHARES

    लोकसारथि,माघ १६ । पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने तथा अन्य भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

    कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराईमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । राति पनि हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मधेस प्रदेशमा दिउँसो तराई क्षेत्र मुख्यतया सफा रहनेछ भने राति पनि मौसम सफा रहने सम्भावना छ ।

    बागमती प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का हिमपात हुन सक्नेछ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    गण्डकी प्रदेशमा दिउँसो तथा राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही हल्का हिमपातको सम्भावना रहेको छ ।

    लुम्बिनी प्रदेशमा मौसम सफा रहनेछ भने कर्णाली प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ । राति पनि हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

    सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    आज बिहान यहाँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

    प्रकाशित : बुधबार, १६ माघ २०८१ , ०२:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend