logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मध्य भारतमा भूकम्पको धक्का: मध्यरातपछि घरका पंखा र फर्नीचर हल्लिए, मुलताई केन्द्रविन्दु

मध्य भारतमा भूकम्पको धक्का: मध्यरातपछि घरका पंखा र फर्नीचर हल्लिए, मुलताई केन्द्रविन्दु


  • आइतबार, बैशाख २१ २०८२
  • 1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    भारतको मध्य प्रदेश राज्यको बैतूल जिल्लास्थित मुलताई क्षेत्रमा शनिबार राति भूकम्पको झट्का महसुस गरिएको छ। रातको मध्यभागपछि आएको धक्काले स्थानीय बासिन्दामा त्रास फैलिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    भारतीय भूकम्प मापन केन्द्रअनुसार, उक्त भूकम्पको तीव्रता रिक्टर स्केलमा २.८ मापन गरिएको छ। झट्काले गर्दा स्थानीयहरूका घरभित्र रहेका भाँडाकुडा, पंखा तथा फर्निचरहरू हल्लिन थालेपछि त्रसित भएर मानिसहरू रातको समयमा घरबाट बाहिर निस्केका थिए।

    खासगरी मुलताईको इन्दिरा गान्धी वार्डमा भूकम्पको प्रभाव बढी महसुस गरिएको बताइएको छ। भूकम्पको केन्द्रविन्दु पनि सोही क्षेत्र नै रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ।

    हालसम्म कुनै मानवीय क्षति वा ठूला भौतिक क्षतिको विवरण प्राप्त नभएको बताइएको छ। यद्यपि, रातको समयमा घरभित्रै आराम गरिरहेका बासिन्दालाई भूकम्पको झट्काले असजिलो बनाएको थियो।

    भूकम्पविद्‌हरूले यस्ता साना धक्काहरूलाई सामान्य भूकम्पीय गतिविधिको भाग मानेपनि, भूकम्पीय संवेदनशील क्षेत्रमा सतर्कता अपनाउनु आवश्यक रहेको सुझाव दिएका छन्।

    प्रकाशित : आइतबार, २१ बैशाख २०८२ , ०६:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend