लोकसारथि संवाददाता, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ।
यसको प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने जनाएको छ। मधेस प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अधिकांश तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रसहित बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।
यसैबीच सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश का तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अत्यधिक गर्मी हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
आज राति भने कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
