logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

पूर्तिघाटमा आधुनिक EV Charging Station सञ्चालन, कालीगण्डकी करिडोरका यात्रुलाई सहजता

पूर्तिघाटमा आधुनिक EV Charging Station सञ्चालन, कालीगण्डकी करिडोरका यात्रुलाई सहजता


  • शुक्रबार, जेष्ठ १ २०८३
  • 1K
    SHARES

    गुल्मी ।

    गुल्मीको पुर्तिघाट अन्तर्गत कालीगण्डकी गाउँपालिका–४ कनौटामा आधुनिक विद्युतीय सवारी चार्जिङ्ग सेवा सञ्चालनमा आएको छ । युवा व्यवसायी सुदर्शन श्रेष्ठले “Purtighat EV Charging Station” सञ्चालनमा ल्याएका हुन् ।

    नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै श्रेष्ठले व्यवसायिक रूपमा अत्याधुनिक EV Charging Station स्थापना गरेका हुन् । हाल उक्त स्टेशनमा ८० किलोवाट क्षमताको डबल गन GBT चार्जिङ सुविधा उपलब्ध रहेको बताइएको छ ।

    विशेषगरी लामो दूरीमा यात्रा गर्ने विद्युतीय सवारी चालकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यस चार्जिङ स्टेशनले Kaligandaki Corridor हुँदै आवतजावत गर्ने सवारी साधनलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । पूर्तिघाट हुँदै मुक्तिनाथ, तातोपानी, बागलुङ, कालिका पर्वतलगायत विभिन्न पर्यटकीय गन्तव्यमा जाने सवारी साधनको चाप दिनप्रतिदिन बढ्दै गएको छ । यस्तो अवस्थामा यस मार्गमा आधुनिक चार्जिङ पूर्वाधार विस्तार हुनु सकारात्मक कदमका रूपमा हेरिएको छ ।

    स्थानीय स्तरमै EV Charging Station सञ्चालनमा आएपछि विद्युतीय सवारी प्रयोगकर्ताले “चार्ज कहाँ गर्ने ?” भन्ने चिन्ताबाट राहत पाउने विश्वास गरिएको छ । यसले लामो दूरीका यात्रुलाई सहजता प्रदान गर्नुका साथै कालीगण्डकी करिडोरमा विद्युतीय सवारीको प्रयोगलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

    त्यसैगरी स्थानीय व्यवसाय प्रवर्द्धन, पर्यटकीय आवागमन र ग्रामीण क्षेत्रमा आधुनिक पूर्वाधार विस्तारका दृष्टिले पनि यो परियोजना महत्वपूर्ण मानिएको छ । व्यवसायिक रूपमा पनि चार्जिङ स्टेशन सञ्चालनबाट राम्रो सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।

    ग्रामीण क्षेत्रमा यस्ता आधुनिक पूर्वाधार विस्तार हुन थालेपछि नेपालमा हरित यातायात प्रवर्द्धन तथा दिगो विकास अभियानलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

    प्रकाशित : शुक्रबार, १ जेष्ठ २०८३ , ०३:११ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend