logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

भारतद्वारा १०० औं स्याटेलाइटको सफल प्रक्षेपण

भारतद्वारा १०० औं स्याटेलाइटको सफल प्रक्षेपण


  • बिहिबार, माघ १७ २०८१
  • 650
    SHARES

    काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बुधबार बिहान ‘नेभिगेसन स्याटेलाइट एनभीएस-०२’ बोक्ने आफ्नो ‘जियोसिङ्क्रोनस स्याटेलाइट’ लन्च भेहिकल (जीएसएलभी)-एफ१५ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको अधिकारीले बताएका छन् ।

    जियोसिङ्क्रोनस स्याटेलाइट प्रक्षेपण वाहन भारी सञ्चार स्याटेलाइट (उपग्रह) प्रक्षेपण गर्न प्रयोग गरिन्छ । एनभीएस-०२ बोकेको जीएसएलभी-एफ१५ ले दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट बिहान ६:२३ बजे उडान भरेको थियो ।

    इसरोले बुधबार गरेको प्रक्षेपण १०० औं रहेको छ । एनभीएस-०२ ले नेभिगेसन, कृषि, आपतकालीन सेवा र मोबाइल उपकरण स्थान सेवाहरूको सुधार गर्न मद्दत गर्नेछ ।

    इसरोका अनुसार, श्रीहरिकोटाबाट उड्ने पहिलो ठूलो रकेट सन् १९७९ अगस्त १० मा स्याटेलाइट प्रक्षेपण वाहन (एसएलभी) थियो ।

    प्रकाशित : बिहिबार, १७ माघ २०८१ , ०४:२५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend