logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सुन प्रतितोला १९ सय रुपैयाँले बढ्यो

सुन प्रतितोला १९ सय रुपैयाँले बढ्यो


  • मंगलबार, माघ २२ २०८१
  • 650
    SHARES

    काठमाडौँ । सुनको मूल्य एकैदिन प्रतितोला १९ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबार दुई दिन स्थिर रहेको सुनको मूल्य आज एकैदिन १९ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

    नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७८०।५९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।९ डलरमा कारोबार भइरहेको छ ।

    प्रकाशित : मंगलबार, २२ माघ २०८१ , ०६:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend