logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

आन्तरिक बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

आन्तरिक बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

सुनको मूल्य एकै दिनमा ९ हजार ५ सय रुपैयाँले बढेको हो।


  • बुधबार, माघ १४ २०८२
  • 728
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    आन्तरिक बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज सुन प्रतितोला (११.६६ ग्राम) ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकै दिनमा ९ हजार ५ सय रुपैयाँले बढेको हो। त्यस्तै, मंगलबार प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि उल्लेख्य रूपमा वृद्धि भएको महासङ्घले जनाएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा हाल सुन प्रतिऔँस ५ हजार २ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतिऔँस १ सय ११ अमेरिकी डलर पुगेको छ।

    विश्व बजारमा बहुमूल्य धातुको मूल्य निरन्तर उकालो लागेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा देखिएको व्यवसायीहरूको भनाइ छ। (रासस)

    प्रकाशित : बुधबार, १४ माघ २०८२ , १२:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend