logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

स्पेसएक्सको स्टारशिप प्रक्षेपणपछि विस्फोट, आकाशबाट आगोको भग्नावशेष खस्यो

स्पेसएक्सको स्टारशिप प्रक्षेपणपछि विस्फोट, आकाशबाट आगोको भग्नावशेष खस्यो


  • शुक्रबार, फाल्गुन २३ २०८१
  • 637
    SHARES

    लोकसारथि, २३ फागुन । अर्बपति व्यवसायी एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीको विशाल रकेट “स्टारशिप” बिहीबार टेक्सासबाट प्रक्षेपण भएलगत्तै विस्फोट भएको छ।

    स्पेसएक्सले उक्त चालकविहीन अन्तरिक्षयान प्रक्षेपणपछि अन्तरिक्षमा सम्पर्कविहीन भएको जनाएको छ। अहिलेसम्म निर्मित सबैभन्दा ठूलो रकेट मानिएको “स्टारशिप” प्रक्षेपणपछि नियन्त्रण बाहिर गएर विस्फोट भएको हो।

    विस्फोटका कारण केही विमानस्थलमा उडानहरू रद्द गर्नुपरेको थियो भने अन्तरिक्षयानको भग्नावशेष खस्ने सम्भावना रहेको भन्दै चेतावनी जारी गरिएको थियो।

    हालसम्म कुनै मानवीय क्षति वा अन्य क्षतिको रिपोर्ट आएको छैन। तर, क्यारिबियन टापु राष्ट्रहरूबाट खिचिएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष खसिरहेको देखिएको छ।

    यो परीक्षण उडान स्टारशिपको आठौं मिसन थियो भने पछिल्ला दुई प्रक्षेपण लगातार असफल भएका छन्।

    प्रकाशित : शुक्रबार, २३ फाल्गुन २०८१ , १२:४० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend