लोकसारथि, २१ चैत । बलिउडकी दिग्गज अभिनेत्री जयाप्रदाले आफ्नो ६४औं जन्मदिन मनाइरहेकी छिन्। अभिनय यात्रामा उनले बलिउडदेखि दक्षिण भारतीय सिनेसम्म बेग्लै छाप छोडेकी छन्। तर उनको करिअरसँग जोडिएको एउटा प्रसंग सधैं चर्चामा रह्यो – श्रीदेवीसँगको २५ वर्ष लामो मनमुटाव।
श्रीदेवी र जयाप्रदाले धेरै फिल्महरूमा सँगै काम गरेका थिए। तर ‘नगीना’ फिल्मपछि उनीहरूबीचको सम्बन्ध चिसिएको थियो। सुरुवाती रूपमा उक्त फिल्म जयाप्रदालाई अफर गरिएको थियो, तर पछि श्रीदेवीले पाएकी थिइन्। फिल्म ब्लकबस्टर भएपछि जयाप्रदा फिल्म निर्माता र श्रीदेवीसँग असन्तुष्ट भइन्। यसै कारण दुवै अभिनेत्रीबीच दुरी बढ्दै गयो।
समस्या समाधान गर्न अभिनेता जितेन्द्रले निकै कोसिस गरे। एक पटक उनले फिल्म सुटिङका दौरान श्रीदेवी र जयाप्रदालाई एउटै कोठामा बन्द गरिदिए, ताकि उनीहरूबीच कुराकानी होस्। तर जब उनले ढोका खोले, दुवै जनाले एकअर्कालाई हेरे पनि थिएनन् र अलग-अलग बसेका थिए।
यो मनमुटाव २५ वर्षसम्म रह्यो। तर २०१५ मा जयाप्रदाले आफ्नो छोराको विवाहमा श्रीदेवीलाई निमन्त्रणा दिइन्। यसपछि पहिलोपटक दुबैबीच संवाद भयो र लामो समयदेखिको तिक्तता अन्त्य भयो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
