Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

बच्चा जन्माउने लतः २३ वर्षको उमेरमा ११ बच्चा जन्माइसकेकी युवती सय बच्चा चाहन्छिन्

बच्चा जन्माउने लतः २३ वर्षको उमेरमा ११ बच्चा जन्माइसकेकी युवती सय बच्चा चाहन्छिन्


  • मंगलबार, कार्तिक ७ २०८०
  • 429
    SHARES

    रुपन्देही । २३ वर्षकी एक युवतीलाई बच्चा जन्माउने लत लागेको छ । उनले अहिलेसम्म ११ बच्चा जन्माइसकेकी छिन् र उनी सय बच्चा जन्माउन चाहन्छिन् । रुसकी २३ वर्षकी क्रिस्टिना ओज्टर्कले अहिले नै ११ बच्चाको पालन पोषण गरिरहेकी छिन् ।

    न्यूजफ्ल्याश मिडियासँग कुरा गर्दै क्रिस्टिनाले बताएअनुसार उनले ६ वर्ष पहिले छोरी जन्माएकी थिइन् । त्यसपछि बाँकी सन्तान उनले सेरोगेसीको माध्यमबाट जन्माएकी हुन् । यी सबै सन्तानहरु उनकै जेनेटिक्सका हुन् ।

    उनले आफूहरुले कैयौं बच्चा जन्माउन चाहेको बताएकी छिन् । यो उच्च वर्गीय दम्पतीले सामाजिक संजालमा गरेको एक पोस्टमा आफूहरुले १०५ बच्चा चाहेको बताएका थिए । त्यसपछि उनीहरुको यो पोस्ट भाइरल भएको थियो ।

    क्रिस्टिनाले भने यस विषयमा कुरा गर्दै भनिन् ‘संख्यालाई लिएर हामी पूर्ण रुपमा आश्वस्त छैनौं तर यो निश्चित हो कि हामी ११ मा रोकिनेवाला छैनौं ।’ अहिलेसम्म आफूहरुले अन्तिम संख्या निश्चित गर्न नसकेको बताउँदै क्रिस्टिनाले भनिन्

    ‘मलाई लाग्छ हरेक कुराको एउटा समय हुन्छ र हामीले त्यही हिसाबमा सबै कुरा सोच्नु पर्छ ।’ यो परिवार जर्जियाको बातुमी शहरमा बस्छन् । यो शहरमा सेरोगेसी गैरकानुनी छैन र सेरोगेट महिलाहरुलाई गर्भवती हुनको लागि प्रयोग गर्न कुनै आपत्ति छैन ।

    यद्यपि सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने पूरै प्रक्रियाको मूल्य लगभग ८ हजार युरो (११ लाख २८ हजार रुपैयाँ) पर्छ । यति यो परिवारले १०० बच्चा चाहन्छन् भने त्यसको लागि उनीहरुले ११ करोड २८ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

    क्रिस्टिनाका अनुसार बातुमीमा उनीहरु जुन क्लिनिकमा सेरोगेसीका लागि जान्छन् त्यो क्लिनिकले नै उनीहरुको लागि सेरोगेट महिला खोजिदिन्छ र यो पूरै प्रक्रियाको जिम्मेवारी क्लिनिकको हुन्छ । क्रिस्टिनाको परिवार व्यक्तिगत रुपमा ती महिलाहरुसँग सम्पर्कमा हुँदैन ।

    प्रकाशित : मंगलबार, ७ कार्तिक २०८० , ०७:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend