Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

वीरगाथा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शेयर सदस्यहरुलाई कम्प्युटर तालिम सुरु

वीरगाथा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शेयर सदस्यहरुलाई कम्प्युटर तालिम सुरु


  • आइतबार, पुष २२ २०८०
  • 377
    SHARES

    पौष २२, रुपन्देही । बुटवल ९ मा अवस्थित वीरगाथा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको क्षमता अभिवृद्धिका लागि शिपमूलक कार्यक्रम अन्तर्गत ४५ दिने (९० घण्टा) कम्प्युटर बेसिक र इलेक्ट्रिक तथा प्लम्बर तालिम बुटवल मिलनचोक, रुपन्देही जब लिन्क प्रा लि मा संचालनमा ल्याएको छ। तालिम यहि पौष महिनाको २२ गतेदेखि सुरु भएको हो भने फाल्गुन २१ गते समापन हुने छ ।

    उक्त तालिममा सहभागी हुन इच्छुक तर कुनै कारणवश छुट्न गएका शेयर सदस्यहरुले शिक्षा संयोजक ज्ञानधारा ज्ञवाली कार्कीले आफूलाई सम्पर्क गर्न सक्ने बताउनु भयो । कम्प्युटर तालिम बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र इलेक्ट्रिक तथा प्लम्बरको तालिम १ बजेदेखि ३ बजेसम्म चल्ने आयोजक पक्षले जानकारी दिएको छ। आजै बिहान वीरगाथा साकोस कि उपाध्यक्ष श्री गितारानी बलाल थापाको अध्यक्षतामा तालिम सुरु गरिएको थियो भने उक्त समुदघाटन कार्यक्रमको संचालन यसै संस्थाकीख सचिव श्री मनमाया थापा ज्युले गर्नु भएको थियो ।

    त्यसैगरि तालिममा सहभागी सदस्यहरुलाई सम्बोधन गर्दै स्वागत मन्तब्य तालिम संयोजक श्री ज्ञानघारा ज्ञवाली कार्कि ज्युले राख्नुभएको थियो। यस तालिमबाट थुप्रै शेयर सदस्यहरुले फाइदा उठाउन सक्नु हुने पनि उपाध्यक्ष श्री गितारानी बलाल ज्युले लोक सारथीलाई बताउनु भयो।

    प्रकाशित : आइतबार, २२ पुष २०८० , ०५:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend