Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

भन्सार छलि गरेर ल्याइएको आठ लाख बराबरको मोबाइल बरामद

भन्सार छलि गरेर ल्याइएको आठ लाख बराबरको मोबाइल बरामद


  • बुधबार, पुष १८ २०८०
  • 728
    SHARES

    रौतहट ।  प्रहरीले आठ लाखको अबैध मोबाइल फोन बरामद गरेको छ ।

    ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर गौर सडक खण्डमा चेकचाँजका क्रममा यात्रुबाहक बसको डिक्कीबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउदै गरेको मोबाइलहरु बरामद गरेको हो ।

    ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रपुर नगरपालिका वडा नं.५ तल्लोबजारमा सवारी चेकजाँच गर्ने क्रममा गौरतर्फबाट चन्द्रनिगाहपुरतर्फ आएको यात्रु वाहक बसको डिक्कीमा रहेको ३ ओटा बोरामा ल्याईदै गरेको ३ सय ८७ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीले जानकारी दिएकी छिन् ।

    आठ लाख अठार हजार नौ सय छ रुपैया बराबरको मोबाइल आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको गिरीले जानकारी दिएकी छिन् ।

    प्रकाशित : बुधबार, १८ पुष २०८० , १०:५१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend