logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पेट्रोलको मूल्य वृद्धि, डिजेल र मट्टितेलको ४ रुपैयाँले घट्यो

पेट्रोलको मूल्य वृद्धि, डिजेल र मट्टितेलको ४ रुपैयाँले घट्यो


  • शनिबार, फाल्गुन ३ २०८१
  • 780
    SHARES

    लोकसारथि, ३ फाल्गुन । पेट्रोलको मूल्य वृद्धि हुँदा डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य बढाएको हो।

    निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले उक्त निर्णय गरेको हो।

    अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ। 

    प्रकाशित : शनिबार, ३ फाल्गुन २०८१ , ०३:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend