logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो


  • शनिबार, चैत्र २ २०८१
  • 2K
    SHARES

    लोससारथि डेस्क, २ चैत । नेपाल राष्ट्र बैंकले आज  (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

    आज कुबेती दिनार, अस्ट्रेलियन डलर, युरोसहितका मुद्राको मूल्य बढेको छ। पाउन्ड, बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ।  अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने यथावत छ। 

    राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५० पैसा छ। हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो। 

    गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

    राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ०३ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ६० पैसा थियो। 

    यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ६२ पैसा थियो। 

    त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रुपैयाँ छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा थियो। 

    आज कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ८० पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ ७९ पैसा थियो। 

    त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ०७ पैसा थियो।

    यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

    प्रकाशित : शनिबार, २ चैत्र २०८१ , ०१:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend