logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन

राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन


  • बुधबार, चैत्र ६ २०८१
  • 728
    SHARES

    लोकसारथि, ६ चैत । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। यसै क्रममा राष्ट्र बैंकले आज फेरि २५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।

    राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    राष्ट्र बैंकका अनुसार यो २१ दिने निक्षेप संकलन उपकरण रहेको छ, जसको साँवा तथा ब्याज भुक्तानी चैत २७ गते गरिने छ।

    प्रकाशित : बुधबार, ६ चैत्र २०८१ , ०५:११ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend