logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?


  • बुधबार, चैत्र ६ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।

    मंगलबारको तुलनामा बुधबार सुन तोलामा आठ सय रुपैयाँ बढ्दा चाँदी भने पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार आज सुन तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ।

    हिजो सुन तोलाको एक लाख ७५ हजार २ सय रुपैयाँ थियो। यो नै सुनको मूल्यमा अहिलेसम्मको सबैभन्दा बढी रकम थियो।

    त्यसैगरी हिजो दुई हजार ५० रुपैयाँ रहेको चाँदी आज तोलाको दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित : बुधबार, ६ चैत्र २०८१ , ०५:२२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend