logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

तिहार नजिकिँदै सुनको अभाव र मूल्यवृद्धि, व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको आरोप

तिहार नजिकिँदै सुनको अभाव र मूल्यवृद्धि, व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको आरोप


  • शुक्रबार, असोज ३१ २०८२
  • 715
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    तिहार नजिकिँदै गर्दा बजारमा सुनको मूल्य उच्च भएको छ भने कृत्रिम अभावको समस्या समेत देखिएको छ। तिहार पर्वमा सुनको माग अत्यधिक हुने हुँदा केही व्यवसायीले अभाव देखाएर बढी मूल्य लिने गरेको उपभोक्ताहरूको गुनासो छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार तिहारमा माग अत्यधिक बढेकाले सुनको आपूर्ति अभावग्रस्त बनेको हो। उनका भनाइमा, चोरी–तस्करीमार्फत नेपाल भित्रिएको सुन तोलामा पाँच हजारदेखि आठ हजार रूपैयाँसम्म बढी मूल्यमा बिक्री हुने गरेको पाइएको छ।

    वज्राचार्यका अनुसार हाल बैंकमार्फत ल्याइएको सुन पनि उच्च मागका कारण सकिएको छ, जसले बजारमा कृत्रिम अभाव झनै बढाएको छ।

    उपभोक्ताहरूले भने नियमित आपूर्तिको अभाव र व्यवसायीहरूको मिलेमतोका कारण सुनको मूल्य अनावश्यक रूपमा बढाइएको आरोप लगाएका छन्। यसले तिहारमा गहना खरिद गर्ने सामान्य उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपेको छ।

    गोरखापत्र दैनिकका अनुसार, पछिल्लो समय सुन बजारमा मूल्य नियन्त्रण र आपूर्तिको पारदर्शिता सुनिश्चित गर्न सरकारी संयन्त्रको निगरानी बढाउनुपर्ने आवश्यकता देखिएको छ।

    प्रकाशित : शुक्रबार, ३१ असोज २०८२ , ०७:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend