logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

इबोला संक्रमणले नर्सको मृत्यु, घातक भाइरसका कारण विश्वमै बढ्यो चिन्ता

इबोला संक्रमणले नर्सको मृत्यु, घातक भाइरसका कारण विश्वमै बढ्यो चिन्ता


  • शुक्रबार, माघ १८ २०८१
  • 338
    SHARES

    कम्पाला– पूर्वी अफ्रिकी देश यूगाण्डामा घातक इबोला भाइरसको संक्रमणले एक जना नर्सको निधन भएको छ । यो घटनापछि विश्वमा पुनः एक पटक इबोला संक्रमण फैलिएको आशंका गरिएको छ ।

    यूगान्डाका स्वास्थ्यकर्मीका अनुसार इबोला भाइरलको चपेटमा आएकाले एक जना पुरुष नर्सको मृत्यु भएको छ । सन् २०२३ मा इबोला भाइरसको प्रकोप यूगान्डामा करिव समाप्त भइसकेको थियो, तर नर्सको मृत्युले यूगान्डामा चिन्ता बढेको छ ।

    पूर्वी अफ्रीकी देशमा यो वर्ष इबोलाका कारण भएको यो पहिलो मृत्यु हो । यूगान्डा हेल्थ मिनिस्ट्रीका सचिव डायना अट्विनले बुधवार दिएको जानकारी अनुसार ३२ वर्षीय नर्स मुलागो नेशनल स्पेशलाइज्ड हस्पिटलमा काम गर्दै थिए ।

    सचिव डायना अट्विन भन्छिन्– ‘नर्सको मृत्यु इबोलाको सूडान सट्रेनबाट भएको हो ।’ यूगान्डाको स्वस्थ्यकर्मी भन्छन् – ‘मृत्यु हुने विरामीको विभिन्न अस्पतालमा उपचार गराइएको थियो र जब परीक्षण गर्दा इबोला भाइरस संक्रमण पुष्टि भयो । त्यसपछि उनलाई उपचारका लागि इबोला भाइरस उपचार गर्ने विशेषज्ञकहाँ पठाइएको थियो ।’

    यूगान्डामा सहयोगको लागि अगाडि बढ्यो डब्यूएचओ
    विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अएनम घेब्रेयससले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट शेयर गर्दै भनेका छन् – ‘हाम्रो स्वास्थ्य संगठन यूगान्डामा इबोला प्रकोप रोक्नका लागि यूगान्डा सरकारको तर्फबाट गरिने कोशिशलाई समर्थन गरिरहेको छ र डब्ल्युएचओका आपातकालीन फण्डबाट एक मिलियन डलर प्रदान गरिरहेको छ ।’

    सचिव डायना अट्विनले आफ्नो सोसल मिडिया पोस्टमा भनेकी छिन्– ‘सम्भावित इबोला प्रभावित क्षेत्रमा र्यापिड रिस्पोन्स टीम पूर्ण रुपमा तैनाथ रहेको छ । कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ । स्थितिलाई नियन्त्रण गर्नका लागि सम्पूर्ण किसिमको उपाय अपनाइएको छ । स्थिति पूर्ण रुपमा हाम्रो नियन्त्रणमा रहेको पनि जनतालाई विश्वास दिलाउन चाहन्छौ ।’

    प्रकाशित : शुक्रबार, १८ माघ २०८१ , ०६:१२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend