सियोल, २ फागुन – दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। राष्ट्रिय दमकल निकायका अनुसार आगलागी बुसानस्थित बन्यान ट्री होटलको निर्माणस्थलमा बिहान ११:०० बजे (०२०० जिएमटी) सुरु भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनाका बेला निर्माणस्थलमा करिब १० जना कामदार थिए। राष्ट्रिय दमकल निकायका अधिकारीले तीमध्ये छ जनाले ‘हृदयाघात’ को अनुभव गरेका थिए, जसमा चार जनाको ज्यान गएको पुष्टि भएको छ।
निर्माणस्थलको पहिलो तल्लाबाट आगलागी सुरु
दमकल विभागका अनुसार आगो निर्माणस्थलको पहिलो तल्लाबाट सुरु भएको थियो, जहाँ कामदारहरूले इन्सुलेसन सामग्रीहरू भण्डारण गरिरहेका थिए। आगो पूर्ण रूपमा नियन्त्रणमा आउन बाँकी रहेको दमकल अधिकारीहरूले जनाएका छन्।
राष्ट्रपति चोईको निर्देशन
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले सम्बन्धित मन्त्रालयहरूलाई आगो नियन्त्रण गर्न सबै उपलब्ध कर्मचारी र उपकरण पूर्ण रूपमा परिचालन गर्न आदेश दिएका छन्।
“खोज तथा उद्धार कार्यका क्रममा क्षति रोक्न हरसम्भव प्रयास गर्नुका साथै दमकलकर्मीहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्छ,” राष्ट्रपति चोईले बताएका छन्।
केही हप्ताअघि विमानमा आगलागी
यो घटना एयर बुसानको विमानमा आगलागी भएको केही हप्तापछि भएको हो। गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त आगलागीका कारण १७६ यात्रुले विमान छोड्नुपरेको थियो भने सात जना घाइते भएका थिए।
बुसानको आगलागीको थप विवरण आउन बाँकी छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
