logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

विद्यार्थीको शंकास्पद मृत्युबारे अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह

विद्यार्थीको शंकास्पद मृत्युबारे अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारलाई आग्रह


  • सोमबार, फाल्गुन ५ २०८१
  • 585
    SHARES

    लोकसारथि, ५ फाल्गुन । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । रुपन्देहीको बुटवल निवासी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय निधन भएको  हो । 

    उक्त घटनाप्रति राप्रपा लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो रहस्यमय निधनबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न र सत्य तथ्य पत्ता लगाउन नेपाल सरकारले तत्काल भारत सरकारसँग कूटनैतिक पहल गर्न राप्रपा लुम्बिनी प्रदेश नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

    उनले विद्यार्थीहरूद्वारा गरिएको प्रदर्शन दबाउन त्यहाँ अध्ययनरत नेपाली बिद्यार्थीहरु माथि गरिएको दमनप्रति चासो लिन समेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।

    प्रकाशित : सोमबार, ५ फाल्गुन २०८१ , १०:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend