logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सप्तरीमा भीषण आगलागीबाट १३ घर नष्ट

सप्तरीमा भीषण आगलागीबाट १३ घर नष्ट


  • मंगलबार, चैत्र ५ २०८१
  • 702
    SHARES

    सप्तरी –  सप्तरीको छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् ।

    जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ लालापटीमा मङ्गलवार बिहान आगलागीमा भएको हो । बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीबाट घर, गोठसहित सरसामान जलेर नष्ट भएको छ, भने चौपायासमेत मरेका छन् ।

    स्थानीय देव नारायण पण्डितको दुई वटा घर, रामेश्वर पण्डितको घर र गाई गोठ, भान्सा घर र जुगेश्वर पण्डितको घर र गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर,भाँडा, मोबाइल, सुन चाँदीसमेत जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।

    आगलागीमा दुई वटा खसी र एउटा भैँसी जलेर मरेको छ ।

    यसै गरी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ मा सोमबार साँझ आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएका छन् । स्थानीय दुबीलाल यादवको गोठ घरबाट विद्युत्को तार सर्ट भएर आगलागी हुँदा यादवको दुई वटा गोठ घर, एउटा भान्सा र एउटा बस्ने घर गरी चार वटा र छिमेकी सुरेश शर्माको एउटा घर र फर्निचर तथा फर्निचरमा रहेको काठ जलेर नष्ट भएको छ ।

    राजविराज नगरपालिका र प्रहरी तालिम केन्द्रबाट आएका दुई वटा वारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    प्रकाशित : मंगलबार, ५ चैत्र २०८१ , ०६:१० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend