logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने, मादक पदार्थ सेवनमा कडाइ

रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने, मादक पदार्थ सेवनमा कडाइ


  • मंगलबार, असोज २८ २०८२
  • 3K
    SHARES

    लोकसारथि संवाददाता, रुपन्देही ।

    तिहारका अवसरमा रुपन्देही जिल्लामा अब देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ। देउसी–भैलो खेल्ने क्रममा मादक पदार्थ सेवन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने भएको छ।

    रुपन्देही जिल्ला सुरक्षा समितिको बैठकले शान्ति–सुरक्षा कायम राख्दै चाडपर्व मर्यादित र सुरक्षित बनाउने उद्देश्यले यस्तो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार तिहारका बेला हुने भीडभाड, मादक पदार्थ सेवन र सम्भावित अपराध नियन्त्रण गर्न प्रशासनले विशेष सुरक्षा योजना तयार पारेको छ।

    ‘जेन जी आन्दोलनपछि उत्पन्न संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै रुपन्देहीमा शान्ति सुरक्षा सुनिश्चित गर्न हामीले देउसीभैलो समयसीमा र मादक पदार्थमा प्रतिबन्धको निर्णय गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।

    उनका अनुसार चाडपर्व लक्षित सुरक्षा योजना आइतबारदेखि लागू भई छठ पर्वको अर्को दिनसम्म निरन्तर रहनेछ। यस अवधिमा जिल्लाका सबै १६ पालिकामा सादा पोशाकमा प्रहरी परिचालन गरिने, गस्ती सशक्त बनाइने र सार्वजनिक स्थानहरूमा निगरानी बढाइनेछ।

    त्यस्तै, छठ पर्वका लागि नदी घाटहरूमा तारबार र डोरी टाँगेर दुर्घटनाबाट सुरक्षित बनाउने निर्णय समेत गरिएको छ।

    रुपन्देही प्रशासनले सबै पालिकाहरूमा आधिकारिक परिपत्र पठाइसकेको र देउसीभैलोका नाममा हुने दुर्व्यवहार, हुटबाजी वा मापसेमा संलग्नहरूलाई कडाइका साथ कारबाही गरिने चेतावनी दिएको छ।

    प्रशासनको भनाइमा, तिहार खुशी र सौहार्दको पर्व भएकाले यसलाई मर्यादित, शान्त र सुरक्षित रूपमा मनाउन सबै नागरिकको सहकार्य आवश्यक छ।

    प्रकाशित : मंगलबार, २८ असोज २०८२ , ०५:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend