Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

भेटिएको ढुङ्गा सुनको ढिक्का नभइ ४६० करोड वर्ष पुरानो अलौकिक वस्तु

भेटिएको ढुङ्गा सुनको ढिक्का नभइ ४६० करोड वर्ष पुरानो अलौकिक वस्तु


  • आइतबार, मंसिर १० २०८०
  • 520
    SHARES

    2015 मा, डेभिड होल नामक व्यक्तिले अष्ट्रेलियाको मेलबर्न नजिकैको मेरीबरो क्षेत्रीय पार्कमा एक धेरै मूल्यवान चीज फेला पारे। उनी आफै मेटल डिटेक्टर लिएर प्राचीन वस्तु र खनिजको खोजीमा निस्केका थिए । यस समयमा उनले पहेंलो माटो भित्र गाडिएको एक भारी, रातो रंगको चट्टान फेला पारे। डेभिडले यसलाई घर लगे र यसलाई खोल्न सम्भव भएसम्म प्रयास गरे। यो कुनै साधारण चट्टान होइन भन्ने कुरामा उनी ढुक्क थिए । पानीले धोएपछि त्यो सुनजस्तै चम्कियो।

    साइन्सअलर्टको रिपोर्टका अनुसार १९औँ शताब्दीमा मेरीबरोमा ठूला सुनका खानीहरू भएकाले डेभिड होलले उक्त ठाउँमा खोजी गर्न लागेका थिए। डेभिडले यो ढुङ्गालाई भाँच्ने, च्यात्ने र काट्ने प्रयास पनि गरे, यति मात्र होइन, एसिडले यसलाई जलाए तर ढुङ्गामा कुनै प्रभाव पारेन, जब डेभिडले यसलाई भाँच्न सकेनन्, उनले यसलाई मेलबर्न म्युजियममा लगे । धेरै वर्षपछि अनुसन्धानले त्यो ढुङ्गा सुनको नभई दुर्लभ उल्कापिण्ड भएको खुलासा गरेको थियो ।

    मेलबर्न म्युजियमका भूगर्भशास्त्री डर्मोट हेनरीले यो ज्यादै मूल्यवान भएको बताए किनभने जुन धातुबाट यो बनेको हो त्यो पृथ्वीमा पाइँदैन । यो अलौकिक वस्तु थियो । उल्कापिण्डको तौल १७ किलोग्राम (३७.५ पाउण्ड) छ। अन्वेषकहरूले यसलाई काट्नको लागि हीराको आरा प्रयोग गरे। शोधकर्ताहरुले यो ४६० करोड वर्ष पुरानो ढुङ्गा भएको पत्ता लगाएका छन् । यसको संरचनामा फलामको मात्रा एक उच्च स्तरमा थियो।

    तर, यो उल्का पिण्ड कहाँबाट आयो र यो पृथ्वीमा कति लामो समयसम्म रह्यो भन्ने कुरा अनुसन्धानकर्ताहरूलाई अहिलेसम्म थाहा छैन। तर उनले यो मंगल र बृहस्पतिको बीचमा परिक्रमा गर्ने उल्कापिण्डको समूहबाट आएको हुनसक्ने अनुमान गरे किनभने हाम्रो सौर्यमण्डलमा कोन्ड्राइट ढुङ्गाका धेरै समूह छन् र यो पनि कोन्ड्राइट हो। जब यो ढुङ्गा काटियो, भित्र सानो क्रिस्टल देखियो।

    प्रकाशित : आइतबार, १० मंसिर २०८० , ०७:५० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend