Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका योजनाकारलाई कार्वाही गरिनेः राजकिशोर यादव

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका योजनाकारलाई कार्वाही गरिनेः राजकिशोर यादव


  • शनिबार, पुष १४ २०८०
  • 481
    SHARES

    काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति यादवले यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालीन योजनाबिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको उनले बताए ।

    उनले बिनायोजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरू विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गरे । सभापति यादवले योजना बनाउने सबै जना दोषीको भागिदार हुनुपर्ने बताए । उनले कुनै पनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेसबिना गर्न नहुने बताए ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने बताए । यादवले पोखरा विमानस्थलको सम्पूर्ण फाइल समितिले मगाएको भन्दै फाइलको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने बताए ।

    उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको बताए । उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको बताए ।

    उनले विकासविरोधी र मधेसविरोधी चिन्तन भएकाहरू काठमाडौंको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस भइरहेको बताए । उनले नेपालको हवाई उडान क्षेत्रको विकास गर्न सके मुलुकको जिडिपीमा सबैभन्दा बढी योगदान दिन सक्ने बताए ।

    उनले नेपाललाई आर्थिक रुपमा समृद्ध, अन्तर्राष्ट्रिय रुपमा सम्मानजनक ब्रान्डिङ र बेरोजगारीको समस्या समाधान गर्न हवाई क्षेत्रमा विकास गर्न जरुरी रहेको बताए ।

    उनले नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु) को कालोसूचीबाट हट्न नसकेको प्रति दुःख व्यक्त गरे।

    प्रकाशित : शनिबार, १४ पुष २०८० , ०८:०३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend