Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न


  • आइतबार, पुष २२ २०८०
  • 663
    SHARES

    सज्जन ढकाल

     

    २२ पौष पाल्पा । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    त्रिभूवन बहुमुखी क्याम्पस तानसेनको सभा हलमा आयोजित उक्त साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष केशवराज ढकाल (सुरेश) को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता तथा सदस्य, समाजसेवी, प्राध्यापक, बुद्धिजीवी वर्ग लगायतको उपस्थिति रहेको थियो । तानसेन पाल्पामा केन्द्रीय कार्यालय रहेको यस संस्थाले गुल्मीको पूर्तिघाट रुपन्देहीको बुटवलमा पनि आफ्नो शाखा बिस्तार गरिसकेको छ ।

    कार्यक्रममा विशेष अतिथिको रुपमा जिल्ला ऋण तथा वचत सहकारी संघका अध्यक्ष जगदीश भट्टराईले सहकारीले उत्पादन र व्यवसायसँग मिलेर लगानी गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने संगै रोजगार र उद्यमशीलता बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।

    नाफामूलक नभई जनसेवाका लागि सञ्चालित यस किसिमका सहकारीहरुले तिर्दै आएको करको दायरालाई घटाउनका लागि आफूले राष्ट्रिय सभामा जोडदार माग राख्ने कुरा पनि नेता गैरेले राख्नुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुमध्ये लुम्बिनी प्रदेश सांसद खेम सारुले मुलुकको अर्थतन्त्रलाई पूनर्निर्माण गरी त्यसलाई सन्तुलित बनाउने भूमिका यस किसिमका सहकारीले मात्रै गर्न सक्ने हुनाले कृषि र पर्यटनमा लगानी गर्न सुझाव दिनुभयो ।

    संस्थाका अध्यक्ष सुरेश ढकालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म यस संस्थामा दुई करोड एकचालिस लाख चौरासी हजार आठ सय एघार सेयरपुँजी रहेको जानकारी दिनुभयो । एकचालिस जना युवाहरुले एक्काइस लाख पचास हजार पुँजीबाट सुरु गरेको यस संस्थामा अहिले करिब १६०० सेयर सदस्य रहेको जानकारी अध्यक्ष ढकालले दिनुभयो । कार्यक्रममा उपस्थित अन्य वक्ताहरुमध्य पूर्व संविधान सभा सदस्य लीला सोमाई, जिल्ला समन्वय समितिका प्रमुख टंक लम्साल लगायत अधिकांश वक्ताहरुले सहकारी देशभर विश्वसनीयता गुम्दै गएको वर्तमान परिस्थितिमा यस कुसुम सहकारीले सबैतिर विश्वासको वातावरण बढाउँदै छोटो समयमा उल्लेख्य प्रगति गरेको भन्दै संस्था सञ्चालक समितिलाई धन्यवाद दिनुभयो।

    कार्यक्रममा लेखा समितिका संयोजक रामप्रसाद ढकालले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो शिक्षा उपसमितिका संयोजक हीरा आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्थानीय सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएका थिए ।

    प्रकाशित : आइतबार, २२ पुष २०८० , ०७:३५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend