एडिलेड, अष्ट्रेलिया – नेपाली कलाकार शिव परियार, करण परियार, सलोमी गुरुङ र अभिनेत्री झरना रिसाललाई सांगितिक यात्राको क्रममा एडिलेडमा सम्मानित गरिएको छ। नेप्को ग्रुपले आयोजित सम्मान समारोहमा साउथ अष्ट्रेलियाका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत दिपक धमला र म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामाले कलाकारहरूलाई सम्मान प्रदान गरेका थिए।
सम्मान समारोहमा बोल्दै वाणिज्यदूत दिपक धमलाले साउथ अष्ट्रेलियामा नेपाली समुदायको संख्या बढेसँगै नेपाली कलाकारहरूको आगमन र सांगीतिक कार्यक्रमहरूको बढ्दो क्रमलाई सकारात्मक रूपमा लिनुपर्ने बताए। उनले यस्ता कार्यक्रमले प्रवासी नेपाली समुदायलाई एकजुट गराउने र नेपाली संस्कृति र संगीतको प्रवर्द्धन गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने कुरा जोड दिए।
काउन्सिलर रेनुका लामाले प्रवासमा रहेका नेपालीहरूको सांगीतिक लगाव र योगदानको बारेमा चर्चा गर्दै, नेपाली कलाकारहरूको स्वागत र सम्मान नियमित भइरहने कुरा उल्लेख गरिन्। उनले यस्ता सांगीतिक कार्यक्रमहरूले नेपाली गीत संगीतलाई अझै माथि उठ्न सहज बनाउने विश्वास व्यक्त गरिन्।
सम्मानित कलाकार शिव परियारले अष्ट्रेलिया बारम्बार भ्रमण गर्दै यहाँको नेपाली समुदायको माया र समर्थनका लागि आभार व्यक्त गर्दै, अष्ट्रेलियाबाट प्राप्त गरेको मायालाई सधैं सम्झिरहने बताउनुभयो।
नेप्को ग्रुपका निर्देशक दिपक लामाले एडिलेडको नेपाली समुदायले सधैं कलाकारहरूलाई विशेष सम्मान र माया दिइरहेको बताउँदै, प्रवासमा रहेका नेपालीहरूको सांगीतिक लगावले नेपाली संगीत क्षेत्रमा नयाँ प्रतिभाहरूलाई उत्प्रेरित गरेको टिप्पणी गर्नुभयो।
यो सम्मान समारोह एडिलेडस्थित ग्लेनेलको शेर्पा नेपाली रेस्टुरेन्टमा आयोजित गरिएको थियो। कार्यक्रमको संचालन सारङ्गी इभेन्टका निर्देशक विकास पौडेलले गरेका थिए।
यसैगरी, चर्चित गायक शिव परियार, नेपाल आइडल सिजन ५ का विजेता करण परियार, प्रथम उपविजेता सलोमी गुरुङ र चर्चित अभिनेत्री झरना रिसाल आगामी शुक्रवार साँझ सारङ्गी इभेन्टको आयोजनामा हुने सांगितिक कार्यक्रममा सहभागी हुनेछन्। ‘शिव परियार विद् नेपाल आइडल’ नामक उक्त सांगीतिक कार्यक्रम शुक्रवार साँझ ६ बजेबाट म्यारियन रोडस्थित एभरेस्ट इभेन्ट सेन्टरमा आयोजना हुने छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
