
लोकसारथि, १९ फागुन । रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ (Anora) ९७औं ओस्कार (Oscar) अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। नेपाली समयअनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा यस वर्षको ओस्कार अवार्ड वितरण गरिएको हो।
सिन बेकरद्वारा लेखन, निर्देशन र सम्पादन गरिएको ‘अनोरा’ फिल्मले न्युयोर्कको ब्रुकलिनकी यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथालाई प्रस्तुत गर्छ। उनीहरूको विवाह भान्याका आमाबाबुले रोक्ने प्रयास गरेपछि चुनौतीको सामना गर्नुपर्छ। उत्कृष्ट कथावाचन र प्रस्तुतिकरणका कारण यो फिल्मले कान्स फिल्म फेस्टिभलमा ‘पाम दे ओर’ समेत जितेको थियो।
९७औं ओस्कार विजेताहरू
- सर्वोत्कृष्ट फिल्म: अनोरा
- सर्वोत्कृष्ट निर्देशक: सिन बेकर (अनोरा)
- सर्वोत्कृष्ट अभिनेता: एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
- सर्वोत्कृष्ट अभिनेत्री: मिकी माडिसन (अनोरा)
- सर्वोत्कृष्ट सहायक अभिनेता: किरन कल्किन (अ रियल पेन)
- सर्वोत्कृष्ट सहायक अभिनेत्री: जोय साल्दाना (एमिलिया पेरेज)
- सर्वोत्कृष्ट सम्पादन: सिन बेकर (अनोरा)
- सर्वोत्कृष्ट छायांकन: लल क्रली (द ब्रुटलिस्ट)
- सर्वोत्कृष्ट मौलिक पटकथा: सिन बेकर (अनोरा)
- सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्ले: कन्क्लेभ
- सर्वोत्कृष्ट कस्ट्युम डिजाइन: विक्ड
- सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म: इन द स्याडो अफ द साइप्रस
- सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन: विक्ड
- सर्वोत्कृष्ट मौलिक गीत: एल मल (एमिलिया पेरेज)
- सर्वोत्कृष्ट डकुमेन्ट्री सर्ट: द वन्ली गर्ल इन द अर्केस्ट्रा
- सर्वोत्कृष्ट डकुमेन्ट्री फिचर: नो अदर ल्याण्ड
- सर्वोत्कृष्ट भिजुअल इफेक्ट: ड्युन पार्ट २
- सर्वोत्कृष्ट साउण्ड डिजाइन: ड्युन पार्ट २
- सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म: आइ एम नट अ रोबट
- सर्वोत्कृष्ट मेकअप तथा हेयर स्टाइलिङ: द सब्सटेन्स
- सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म: आइ एम स्टिल हेयर (ब्राजिल)
- सर्वोत्कृष्ट मौलिक स्कोर: डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)
९७औं ओस्कार अवार्डमा ‘अनोरा’ ले उत्कृष्ट प्रदर्शन गर्दै प्रमुख विधामा महत्वपूर्ण अवार्ड जित्न सफल भयो। ओस्कार विजेता फिल्म र कलाकारहरूको उत्कृष्ट प्रस्तुतीले दर्शकमाझ विशेष चर्चा पाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
