logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

‘भजनागो शिव महिमा’ सार्वजनिक, तृप्ति खड्का गुरुङको युट्युब च्यानलमा

‘भजनागो शिव महिमा’ सार्वजनिक, तृप्ति खड्का गुरुङको युट्युब च्यानलमा


  • आइतबार, फाल्गुन ३ २०८२
  • 2.7K
    SHARES

    लोकसारथि संवाददाता, बुटवल ।

    लघुकविता विधा ‘आगो’ को रचना सिद्धान्त अनुसार तयार पारिएको पहिलो पटकको भजन शैलीको सँगीतमय प्रस्तुति ‘भजनागो : शिव महिमा’ सार्वजनिक गरिएको छ। उक्त भजन साहित्यकार तथा कलाकार लक्ष्मीप्रसाद मिश्र द्वारा रचना, संगीत तथा गायनमा तयार गरिएको हो भने गायनमा तृप्ति खड्का गुरुङ को समेत सशक्त स्वर रहेको छ।

    यस भजनको परिकल्पना दीर्घ बहादुर चन्द ले गरेका हुन्। गीतको शब्द रचना लक्ष्मीप्रसाद मिश्र ले गरेका छन् भने संगीत संयोजन (Arranger) तथा Mixing/Mastering को जिम्मेवारी नरेश पाण्डे ले सम्हालेका छन्।

    भजनको रेकर्डिङ तथा निर्माण कार्य सारेगामा स्टुडियो मा सम्पन्न गरिएको जनाइएको छ। साथै, भिडियो सम्पादन तथा कलर पोस्टर डिजाइन विजय गुरुङ द्वारा गरिएको छ।

    महाशिवरात्रि तथा शिवभक्ति केन्द्रित यस भजनलाई ‘Tripti Khadka Gurung’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। धार्मिक, आध्यात्मिक तथा कलात्मक दृष्टिले फरक प्रयोग गरिएको यो प्रस्तुति श्रोता तथा भक्तजनहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

    प्रकाशित : आइतबार, ३ फाल्गुन २०८२ , १२:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend