logo

सोमबार, १२ असोज २०८३

सोमबार, असोज १२ २०८३

पाल्पा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ ऋषिराम भट्टराईको उम्मेदवारी

पाल्पा–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ ऋषिराम भट्टराईको उम्मेदवारी


  • सोमबार, असोज १२ २०८३
  • 442
    SHARES

    पाल्पा । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका लागि पाल्पा–१ नम्बर क्षेत्रबाट युवा (खुला–३५ वर्षमुनि) तर्फ ऋषिराम भट्टराईले महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गरेका छन्।

    समाजशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका भट्टराई सामाजिक सेवाका विभिन्न क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनले युवाको आवाजलाई पार्टीको निर्णय प्रक्रियामा प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यसहित आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन्।

    भट्टराईले पार्टीभित्र एकता, समावेशिता, उत्तरदायित्व र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सबल कांग्रेस निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उम्मेदवारी घोषणा गर्दै उनले आफूलाई माया, विश्वास, सुझाव, सद्भाव र सहयोग गर्दै आएका पार्टीका अग्रज, सहकर्मी, शुभेच्छुक तथा युवा प्रतिनिधिहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न उनले आग्रह गरेका छन्।

    “युवाको आवाजलाई पार्टीको निर्णय प्रक्रियामा अझ प्रभावकारी रूपमा स्थापित गर्दै एकता, समावेशिता र उत्तरदायित्वसहित सबल कांग्रेस निर्माणका लागि मेरो यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,” भट्टराईले भने।

    उनका अनुसार उम्मेदवारीलाई युवाको सहभागिता, नेतृत्व विकास र संगठन निर्माणसँग जोडेर अघि बढाइनेछ। पार्टीको आगामी नेतृत्व र निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

    प्रकाशित : सोमबार, १२ असोज २०८३ , १०:१६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend