logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एलोन मस्क र साम अल्टम्यानबीच कम्पनी किनबेचको प्रस्तावले चर्कियो विवाद

एलोन मस्क र साम अल्टम्यानबीच कम्पनी किनबेचको प्रस्तावले चर्कियो विवाद


  • मंगलबार, माघ २९ २०८१
  • 832
    SHARES

    न्युयोर्क – अमेरिकी अर्बपति एलोन मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानबीच सामाजिक सञ्जालमा विवाद चर्किएको छ। दुवै पक्षले एक अर्काको कम्पनी किन्न प्रस्ताव गर्दै आआफ्ना अडान सार्वजनिक गरेका छन्।

    एलोन मस्कले ओपनएआई किन्न १०० अर्ब डलरको प्रस्ताव गरेका छन्, जसलाई अस्वीकार गर्दै साम अल्टम्यानले ट्विटर किन्न ९.७४ अर्ब डलरको प्रस्ताव अघि सारेका छन्।

    ओपनएआई सन् २०१५ मा मस्क र अल्टम्यानले सँगै सुरु गरे पनि मस्क सन् २०१८ मा कम्पनीबाट अलग भएका थिए। हाल मस्कले ओपनएआईले गैर-नाफामूलक बाटोबाट हटेर व्यावसायिक लाभमा केन्द्रित भएको आरोप लगाउँदै मुद्दा दायर गरेका छन्। उनले ओपनएआईलाई पुनः गैर-नाफामूलक अनुसन्धान प्रयोगशालामा रूपान्तरण गर्ने लक्ष्य राखेको बताएका छन्।

    अल्टम्यानले मस्कको प्रस्तावलाई अस्वीकार गर्दै ट्विटरको मूल्यमा कटौती गर्दै किन्न प्रस्ताव गरेका छन्। मस्कले ट्विटर २०२२ मा ४४ अर्ब डलरमा किनेका थिए, जुन वास्तविक मूल्यभन्दा धेरै गुणा बढी भएको बताइएको छ।

    यो विवादले दुवै कम्पनीको भविष्य र एआई क्षेत्रमा प्रभाव पार्ने देखिन्छ।

    प्रकाशित : मंगलबार, २९ माघ २०८१ , ०८:४७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend