logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

मापदण्ड विपरीत सञ्चालित उद्योगहरुको विद्युत् आपूर्ति बन्द

मापदण्ड विपरीत सञ्चालित उद्योगहरुको विद्युत् आपूर्ति बन्द


  • बिहिबार, फाल्गुन १ २०८१
  • 676
    SHARES

    काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरुको विद्युत् आपूर्ति बन्द गरिएको छ । जिल्ला अनुगमन समितिको निर्देशनमा पालिकाकाभित्र सञ्चालित नौ वटा क्रसर उद्योगको लाइन काटिएको हो । अब कानुनी प्रक्रिया पूरा नगर्ने कुनै पनि क्रसर उद्योग सञ्चालन गर्न नपाउने भएका छन्।

    मिथिला नगरपालिकास्थित औरही खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन, निकासी र दोहन भइरहेको गुनासो बढ्दै गएपछि सरोकारवालाहरुको टोलीले स्थलगत अनुगमन गर्दै अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगमा जडान गरिएको विद्युत् आपूर्ति बन्द गरेको छ ।

    सरकारको नियम उल्लङ्घन गरेको र वातावरणीय मापदण्ड पूरा नगरेको पाइएको हुँदा यस्ता उद्योगहरूमाथि थप कारबाही अघि बढाइने जनाइएको छ ।

    प्रकाशित : बिहिबार, १ फाल्गुन २०८१ , ०७:५३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend