logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गुल्मीको पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न

गुल्मीको पनाहा खोलामा पक्की पुल निर्माण सम्पन्न


  • सोमबार, फाल्गुन १९ २०८१
  • 1.8K
    SHARES

    लोकसारथि, १९ फागुन । गुल्मी जिल्लाको पनाहा खोलामा रू पाँच करोड छ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। सडक डिभिजन कार्यालय पाल्पाको लगानीमा निर्माण गरिएको उक्त पुलले स्थानीय नागरिकलाई थप राहत पुर्‍याएको छ।

    रेसुङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को सङ्गमस्थलमा रहेको पनाहा खोलामा पुल बनेपछि दुई पालिकाबीचको आवागमन सहज भएको छ। ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल महादेव खिम्ती श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले निर्माण सम्पन्न गरेको हो।

    स्थानीय बासिन्दाहरूले पुल निर्माणपछि जोखिमपूर्ण यात्रा गर्न नपर्ने भएकाले खुसी व्यक्त गरेका छन्। पुल निर्माण नहुँदा बर्खाको समयमा आधा घण्टाको दूरी पार गर्न डेढ घण्टाको लामो बाटो हिँड्नुपर्ने बाध्यता रहेको थियो। अब भने उक्त समस्या समाधान भएको स्थानीय टङ्कप्रसाद श्रेष्ठले बताए।

    ‘अहिले पुल निर्माण भएपछि सबैलाई निकै सजिलो भएको छ, बर्खाको समयमा खोला तर्दा बग्ने डर हुन्थ्यो, अब निकै सहज भएको छ,’ श्रेष्ठले भने।

    स्थानीय कमला पन्थीका अनुसार, पुलले रेसुङ्गा नगरपालिका–४ देखि इस्माको पालुखा र धुर्कोटको जैसीथोकसम्म यात्रा सहज बनाएको छ। पुल निर्माण भएपछि यातायात सेवा प्रभावकारी बनेको र दैनिक आवतजावत गर्न थप सहज भएको स्थानीयले बताएका छन्।

    प्रकाशित : सोमबार, १९ फाल्गुन २०८१ , ०७:३० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend