– लोकसारथि संवाददाता, काठमाडौं ।
नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई थप गहिराइ दिन सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा ‘EVolve to RIDDARA Xchange’ नामक विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन एक्सचेन्ज गरेर केवल २० प्रतिशत डाउन पेमेन्टमा आधुनिक र शक्तिशाली रिड्डारा ईभी पिकअप किन्न सक्नेछन्।
सिजी मोटर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, रिड्डारा पिकअप चीनमा नम्बर १ ईभी पिकअपको मान्यता प्राप्त गरिसकेको छ। यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीमध्ये एक हो, जसले यसको गुणस्तर र विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमै प्रमाणित गरेको छ।
रिड्डारामा रहेका विशेषताहरू:
-
रेन्ज: ४२४ किलोमिटर (एकपटक पूर्ण चार्जमा)
-
ब्याट्री क्षमता: ७३ किलोवाट–आवर
-
ड्राइभिङ मोडहरू: स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट, स्पोर्ट (कुल ७ मोड)
-
सुरक्षा विशेषता: ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा
-
अपग्रेडेड EV पिकअप सेग्मेन्टमा अग्रणी स्थान
अफर अन्तर्गत ग्राहकहरूले प्राप्त गर्ने सुविधा:
-
नगद छुट
-
अतिरिक्त एक्सचेन्ज बोनस
-
निःशुल्क एसेसोरी
-
एक वर्षको निःशुल्क बीमा
-
निःशुल्क ७ किलोवाट क्षमताको चार्जर
-
एक वर्षको सडक कर निःशुल्क
सिजी मोटर्सले यो अफर विद्युतीय सवारीप्रतिको जनचासो बढाउन र वातावरणमैत्री प्रविधिको प्रोत्साहन गर्न ल्याइएको बताएको छ। यो योजना विद्यमान सवारी धनीहरूलाई आकर्षक अवसरको रूपमा देखिएको छ, जसले परम्परागत इन्धन सवारी साटेर नविनतम ईभी पिकअपमा रूपान्तरण गर्न सक्नेछन्।
रिड्डारा ईभी पिकअप, प्रविधि र शक्ति दुवैका दृष्टिले नेपालको ईभी बजारमा नयाँ मानक स्थापित गर्ने तयारीमा छ। अफर सीमित समयका लागि मात्र लागू हुने सम्भावना भएकाले इच्छुक ग्राहकलाई यथासिघ्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।
थप जानकारी वा बुकिङका लागि नजिकको सिजी मोटर्स शोरूममा सम्पर्क गर्न सकिनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
