Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

साइबर सुरक्षा सरकारको उच्च प्राथमिकता : मन्त्री शर्मा

साइबर सुरक्षा सरकारको उच्च प्राथमिकता : मन्त्री शर्मा


  • शुक्रबार, असोज २६ २०८०
  • 507
    SHARES

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् ।

    राप्ती इन्जिनियरिङ कलेज, प्युठान प्राविधिक कलेज र सिलिकन रिसर्च सेन्टर प्यूठानले संयुक्त रुपमा आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा तथा साइबर नीति तथा जनचेतनासम्बन्धी राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० साइबर स्पेसलाई सुरक्षित बनाउन जारी गरिएको जानकारी दिँदै सोही नीतिका आधारमा साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा काम थालिएको जानकारी दिइन् ।

    उनका अनुसार सूचना, सञ्चार र प्रविधिको निरन्तर विकास भइरहेको क्षेत्रलाई ध्यानमा राखेर साइबर सुरक्षासम्बन्धी कानुन निर्माण वर्तमान सरकारको उच्च प्राथमिकतामा परेको छ ।

    साइबर सुरक्षाबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिँदै मन्त्रीले छिट्टै देशमा राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने बताइन् । किशोरकिशोरीहरू विशेष गरी माध्यमिक विद्यालयका विद्यार्थीहरू साइबर अपराधको उच्च जोखिममा रहेकाले साइबर सुरक्षासम्बन्धी सचेतना अभियानलाई लक्षित समूहमा केन्द्रित गर्नुपर्ने मन्त्रीले भनिन्।

    सरकारले उच्च माध्यमिक तहका उत्तीर्णका लागि सूचना प्रविधि क्षेत्रमा अल्पकालीन तालिम कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिइन् ।

    नेपालले गत आर्थिक वर्षमा सूचना प्रविधि सेवा निकासी गरी ६८ अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको तथ्यले सरकारलाई यससम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्न थप हौसला दिएको उनले बताइन् ।

    मन्त्री शर्माका अनुसार नेपालमा सक्रिय यस क्षेत्रमा रहेका आईटी कम्पनी र जनशक्तिको अनुसन्धान र अध्ययनमा सहयोग पुर्याउन सरकारले डिजिटल क्याम्पेन र सूचना प्रविधि प्रदर्शनी आयोजना गर्दै आएको छ ।

    सो अवसरमा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपाल टेलिभिजनका चिन्तामदी बराल, राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा शैलेन्द्र गिरी र नेपाल टेलिकमका आशिष ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    सम्मेलनको अध्यक्षता राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भीमसेन गिरीले गरेका थिए ।

    प्रकाशित : शुक्रबार, २६ असोज २०८० , ०६:०४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend