Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जाजरकोटमा भूकम्प मापन टोली

जाजरकोटमा भूकम्प मापन टोली


  • आइतबार, कार्तिक १९ २०८०
  • 598
    SHARES

    शुक्रबार राति गएको भूकम्पको थप अध्ययन र अनुसन्धान गर्न राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली जाजरकोट पुगेको छ । टोलीको नेतृत्व वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले गरेका छन् ।

    खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले उक्त टोलीले भूकम्पको विस्तृत अध्ययन र अनुसन्धान गर्ने बताए । टोलीले भूकम्पको गहिराइ, क्षतिको दिशा र भूकम्पबाट क्षति भएका संरचनाको अध्ययन गर्नेछ ।

    यसैबीच, वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङको भूकम्पको पराकम्पन नभई नयाँ भूकम्प भएको बताए । जाजरकोटको रामिडाँडामा शुक्रबार राति गएको भूकम्पपछि चार वटा पराकम्प गएको छ । शनिबार दिउँसो १२ बजेर ४० मिनेटमा ४ दशमलव ५ म्याग्निच्युडको, १२ बजेर २९ मिनेटमा ४ दशमलव २, १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ र ३ बजेर ४० मिनेटमा ४ दशमलव २ म्याग्निच्युडको परकम्प गएको थियो ।

    ६.४ रेक्टर स्केलको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।

    प्रकाशित : आइतबार, १९ कार्तिक २०८० , १२:२१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend