logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपालमा अमेरिकी डलर, कतारी रियाल तथा कुवेती दिनारको भाउ वृद्धि

नेपालमा अमेरिकी डलर, कतारी रियाल तथा कुवेती दिनारको भाउ वृद्धि


  • बुधबार, माघ १६ २०८१
  • 598
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको विनिमय दरअनुसार अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियाललगायत मुद्राको भाउ बढेको छ ।

    बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा तोकिएको छ । त्यस्तै, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ०१ पैसा रहेको छ ।

    यसैगरी, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

    तर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर र डेनिस क्रोनरको भाउ भने घटेको छ ।

    युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५३ रुपैयाँ १२ पैसा रहेको छ ।

    जापानी येन १० को खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ ।

    युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ रुपैयाँ १० पैसा तोकिएको छ ।

    राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा परिमार्जन गर्न सकिने जनाएको छ ।

    प्रकाशित : बुधबार, १६ माघ २०८१ , ०२:३९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend