रुपन्देही । सरकारले भदौ महिनामा लगातार पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले भदौ २२ र २३ गतेसमेत सार्वजनिक बिदा दिने निर्णय गरेसँगै भदौ १९ गतेदेखि २३ गतेसम्म लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको हो।
सरकारको निर्णयअनुसार भदौ १९ गते गौरा पर्वका अवसरमा सार्वजनिक बिदा रहेको छ। त्यसपछि भदौ २० गते शनिबार र भदौ २१ गते आइतबार नियमित सार्वजनिक बिदा परेका छन्।
त्यसैगरी, भदौ २२ गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। सरकारले भदौ २३ गते गत वर्ष भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।
यससँगै भदौ १९ गतेदेखि २३ गतेसम्म लगातार पाँच दिन सरकारी कार्यालय, सार्वजनिक निकाय तथा अधिकांश शैक्षिक संस्थामा सार्वजनिक बिदा रहने भएको छ।
सरकारले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै रसुवा घटनाको पीडामा राष्ट्रिय ऐक्यबद्धता प्रकट गर्न सार्वजनिक बिदा दिएको जनाएको छ। त्यस्तै, जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले पनि बिदाको निर्णय गरिएको हो।
यसरी गौरा पर्व, नियमित साप्ताहिक बिदा, रसुवा विपत्तिप्रतिको शोक र जेन्जी आन्दोलनका शहीदको सम्मानका कारण भदौ १९ देखि २३ गतेसम्म लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
