logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

फिल्म रोकिएकोमा प्रदीप खड्का भन्छन्– ‘विवेक प्रयोग नभएको महसुस गरेँ’

फिल्म रोकिएकोमा प्रदीप खड्का भन्छन्– ‘विवेक प्रयोग नभएको महसुस गरेँ’


  • शुक्रबार, माघ १८ २०८१
  • 364
    SHARES

    काठमाडौं– फिल्म ‘एक्टरः टेक वन’ आजदेखि प्रदर्शनमा आइसकेको छ । यसअघि काठमाडौं जिल्ला अदालतको एउटा अल्पकालीन आदेशका कारण सार्वजनिक विदा भएका दुई दिन यो फिल्म प्रदर्शनमा आएन ।

    बिहीवार एक्टर तथा एक्टरः टेक वनका निर्माताबीच सहमति भएपछि यो फिल्म शुक्रवार बिहानैदेखि सिनमा हलमा प्रदर्शन हुन थालेको छ । यो विषयमा जानकारी दिने उदेश्यले एक्टरः टेक वनको टीमले बिहीवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेनमा अभिनेत्री प्रदीप खड्काले यो घटनाप्रति आफ्नो धारणा व्यक्त गरेका छन् ।

    पत्रकारहरुले अभिनेता खड्कालाई उनका प्रायः सबै फिल्महरु प्रदर्शन हुने समयमा प्रायः किन विवाद भइरहन्छ ? भन्ने जिज्ञासा राखेका थिए ।

    यसको जवाफमा अभिनेता खड्काको जवाफ छ– ‘अरु समयमा त के कारण विवाद भएको थाहा हुने गरेको थियो, तर यसपालि के कुरामा फिल्म विवादमा पर्यो भन्ने कुरा बुझ्न नै समय लागेको छ । सरकारी निकायबाट निर्माणको स्विकृति लिएर, सेन्सर पास भएर फिल्म रिलिजको संघारमा आइपुगेपछि पनि रोकिन सक्छ भने यसले के उदाहरण दिन्छ होला ? दशैँको एक दिन अगाडि आएर शायद कुनै मानिसलाई लाग्यो कि मेरो कथा चोरी भएको छ र यो फिल्ममा मेरो कथा छ भनेर । कसैले जाहेरी दिएको भरमा चाहिँ यो रिलिज रोक्नु अनि कथा हेरौँ, त्यस पछाडि हामी निर्णय गरौँला भन्यो भने त्यो दशँको १० दिनसम्मको विदा के होला त ? सिनेमा हलले कस्तो प्रतिक्रिया देला त ? यसमा प्रमुख भूमिका विवेकको प्रयोग भएन । कहाँ–कहाँबाट विवेकको प्रयोग भएन भन्ने कुरा पछि समिक्षा गरौँला, तर धेरै ठाउँमा विवेक भन्ने कुरा भएको देखिएन । फिल्म जब सेन्सर पास हुन्छ, तब रिलिज हुनु नै पर्छ । रिलिज हुँदा पनि केहि वहस हुन सक्छ, सल्लाह हुन सक्छ, कोहि पीडित हो भने उसको उपयुक्त क्षतिपूर्ति हुन सक्छ, तर फिल्म प्रदर्शन नै रोक्नु पर्ने विषय चाहिँ होइन यो ।’

    राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर : टेक वान’ मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, निश्चल बस्नेत लगायतको अभिनय छ । थमन कुमार भण्डारी निर्माता रहेको फिल्मको सोमवार भएको प्रीमियरमा उत्साहजनक प्रतिक्रिया मिलेको थियो । ठूलो चर्चा र नाम चलेका कलाकारहरु भएकाले फिल्मले सुखद् व्यापार गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

    प्रकाशित : शुक्रबार, १८ माघ २०८१ , ०६:०७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend