logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

लुम्बिनी प्रदेशमा भोलि माघ २१ गते सार्वजनिक विदा घोषणा

लुम्बिनी प्रदेशमा भोलि माघ २१ गते सार्वजनिक विदा घोषणा


  • आइतबार, माघ २० २०८१
  • 780
    SHARES

    लोकसारथि, माघ २० । लुम्बिनी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८० साल फागुन २० गतेको निर्णयानुसार भोलि माघ २१ गते सोमबार लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

    यस निर्णयअनुसार लुम्बिनी प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक, र सार्वजनिक निकायहरूमा विदा रहनेछ । प्रदेश सरकारका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेयद्वारा हस्ताक्षरित सार्वजनिक सूचना सबै सरोकारवालालाई पठाइएको छ ।

    लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने तयारी भइरहेको छ । यस दिन प्रदेशभर सांस्कृतिक, सामाजिक, र औपचारिक कार्यक्रमहरूका माध्यमबाट स्थापना दिवसको विशेषता उजागर गरिनेछ ।

    प्रदेश सरकारको निर्णयले यस अवसरलाई थप भव्य र स्मरणीय बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

    प्रकाशित : आइतबार, २० माघ २०८१ , ०१:२१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend