सोमबारको राशीफल : धनलाभ र कार्य सफलता कुन कुन राशीलाई ?

लोकसारथि, माघ २१ । आज विक्रम संवत २०८१ साल माघ २१ गते, सोमबार । ईश्वी सन् २०२५ फेव्रुवरी ३ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि– पंचमी, ७ घडी ४६ पला, बिहान ९ बजेर ५८ मिनेट उप्रान्त षष्ठी । रेवती नक्षत्र, ४८ घडी ५१ पला, रातको २ बजेर २४ मिनेट उप्रान्त अश्विनी । सिद्ध योग, ६ घडी १४ पला, बिहान ९ बजेर २१ मिनेट उप्रान्त साध्य । करण–बालव, बिहान ९ बजेर ५८ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर ४८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–मीन । दिनमान २७ घडी १३ पला । वसन्त पञ्चमी तथा सरस्वती जयन्ती । आज सोमबार सरस्वती पूजाको दिन तपाईँको समय कस्तो चल्दैछ ?, हेर्नुस् राशीफल।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक योजनाहरू सफल भए पनि खर्च बढ्नेछ । विलासी बस्तुहरूमा धनराशी बाहिरिनेछ । रकम जोहो गर्न उठ्नु पर्ने रकम तत्काल उठाउँदा लाभांश गुमाउनुपर्ला । दिगो फाइदाका लागि लगानी गर्ने समय छ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। आफ्नो विचार विपरीत निर्णय होला। गरेको काममा पनि ढिलासुस्ती हुनेछ। पुँजी बजारमा नोक्सानी हुन सक्छ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। प्यासीलाई पानी दिने।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कार्य सुरु गर्न समय राम्रो छ । आम्दानीको स्रोत थपिनेछ । उद्योग र व्यापारमा फाइदा होला । विगतमा गरेका कामबाट पनि फाइदा हुनेछ । भौतिक साधन जुट्नेछ । दिगो कामका लागि लगानी गर्ने समय छ । लाभदायक यात्रा हुनेछ। वैदेशिक कार्य पनि अघि बढ्ला। पढाइलेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ।   दाजुभाइ तथा साझेदारहरूसँग मिलेर गरिने पेसा-व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला। भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुख सुविधामा खर्च बढ्नेछ । सम्पत्तिमा विवाद हुनसक्ला । प्रतिष्ठित काम गर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ । श्रम परे पनि गरेका कामबाट प्रशंसा पाइनेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। शैक्षिक क्षेत्रमा प्रगति नै होला। आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। दिनको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सवारी साधनमा आकस्मिक धन खर्च हुनेछ । नयाँ काम सुरु गर्नुअघि अनुभवीको सल्लाह लिनुहोला । अपेक्षित उपलब्धि प्राप्त नहुन सक्छ । अरुका लागि प्रयोग भइनेछ । मेहनत गर्दा तत्काल सामान्य लाभ भए पनि पछि फाइदा हुनेछ । कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ। स्वादिष्ट खानपानको अवसर मिल्ला। उपहार पाइने सम्भावना छ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वासले काम लिने समय छ । लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ। सफलता पाउन दोहोर्याएर काम गर्नुपर्ला । मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त होला। व्यर्थको यात्रामा जान बाध्य भइएला। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। धैर्य र लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले असहायलाई सहयोग गर्ने। कालो रङको प्रयोग नगर्ने।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। भौतिक साधन जुट्नेछ । घुमफिर तथा मनोरञ्जनमा खर्च बढ्नेछ । आम्दानी बढ्ने काम सुरु गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेम जीवन सामान्य नै होला। महत्त्वपूर्ण कामको थालनी हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक क्षेत्रमा जिम्मेवारी थपिनेछ । भौतिक साधन जुट्ने समय छ । लगनशीलताले अवसर दिलाउनेछ । भविष्यका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। नयाँ वस्त्र उपहार पाइनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ होला। निर्णायक क्षमतामा कमी आउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। तामसिक भोजन नगर्ने।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारी व्यापारमा योजनाको कार्यान्वयन होला । चिताएको काममा अलमल हुनेछ। आफ्ना मिहिनेतबाट अरुले फाइदा उठाउलान्। नयाँ काम सुरु गर्न केही समय पर्खनुहोस् । व्यवसायमा सामान्य फाइदा हुनेछ । चिताएको कामले तीव्रता लिनेछ। पारिवारिक माहोलमा रमाइनेछ। माङ्गलिक कार्यमा सहभागी भइएला। महत्त्वपूर्ण कामको थालनी हुनेछ। शुभकार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यक्षेत्रमा रुचिगत कार्यमा मन लाग्नेछ। नोकरी वा पेशामा सिनियरसँग मनमुटाव होला । व्यावसायिक काममा चुनौती झेल्नुपर्ला । यद्यपि, आज सामान्य आम्दानी हुनेछ । दोहोर्याएर गरेमा काम बन्नेछ । सहकर्मीबाट विरोध आउला। आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्ला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। मनमा चञ्चलता बढ्नेछ। साँझमा शुभ समाचार सुन्नमा आउला।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सोचेभन्दा राम्रो सफलता हात लाग्नेछ । सुख सुविधामा खर्च बढ्नेछ । कारोबार विस्तारको दीगो योजना बन्नेछ। चिताएको काम बन्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । कृषि र पशु चौपायाबाट पनि फाइदा हुनेछ । घरपरिवारसँग सुख र मनोरञ्जनपूर्वक दिन बित्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साँझमा झन्झटिलो कार्यमा समय खेर जान सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरुको लागि श्रम र धन खर्च गर्नुपर्ला। उद्योग र व्यापारमा सोचविचार गरेर लगानी लगाउनुहोस्। यद्यपि, आम्दानीका स्रोत बढ्ने र दीगो फाइदा हुने काम गर्ने समय छ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। वाहन वा भूमिबाट लाभ होला। स्वादिष्ट र सुखद भोजन मिल्नेछ। स्वास्थ्यको भने ख्याल गर्नु होला। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। उत्तर दिशा नजाने।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार व्यवसायमा बुद्धि र विवेक प्रयोग गर्ने समय छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। पारिवारिक प्रेम सम्बन्ध कसिलो बन्ला। स्वादिष्ट भोजन मिल्नेछ। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।

भाग्यशाली रङ खैरो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.