logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

सहकारी ठगी मुद्दामा रवि लामिछाने पुनः धरौटीमा रिहा, कुल धरौटी २ करोड ७९ लाख पुग्यो

सहकारी ठगी मुद्दामा रवि लामिछाने पुनः धरौटीमा रिहा, कुल धरौटी २ करोड ७९ लाख पुग्यो


  • बिहिबार, माघ २४ २०८१
  • 481
    SHARES

    चितवन, फागुन २४ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहारा चितवन सहकारी ठगी मुद्दामा ५४ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार साँझ रिहा भएका छन्। जिल्ला अदालत चितवनले माग गरेको धरौटी बुझाएपछि उनी पुनः स्वतन्त्र भएका हुन्। यसअघि, उनले चितवन अदालतमा प्रभु बैंकको जमानत बुझाएर पनि तारेखमा रिहा पाएका थिए।

    रिहाइपछि अदालत बाहिर आफ्ना समर्थकलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो संघर्ष अझै समाप्त नभएको बताए। उनले भने, “मेरो लडाइँ अझै बाँकी छ। यो मेरो व्यक्तिगत लडाइँ होइन, परिवर्तनको लडाइँ हो। सबै प्रक्रियाहरू सकिएपछि भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले बोल्ने समय होइन।” उनले चितवनलाई परिवर्तनको संकेत दिने ठाउँका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले न्यायका लागि बारम्बार साथ दिएको बताए।

    लामिछानेले चितवनका जनताले उनलाई दुई पटक निर्वाचित गरेर पठाएको तर षड्यन्त्रपूर्ण ढंगले आफ्नो सांसद पद निलम्बन गरिएको आरोप लगाए। “यो जालझेलपूर्ण प्रक्रिया हो। चितवनले परिवर्तन जन्माउन खोजेको छ र त्यो परिवर्तन अब रोकिने छैन,” उनले भने।

    रिहाइका बेला लामिछानेका समर्थकहरूले अदालत परिसरमा भेला भएर उनीप्रति समर्थन जनाउँदै नडराउन आग्रह गरेका थिए। समर्थकहरूले लालपूर्जा देखाउँदै लामिछानेसँग ऐक्यबद्धता प्रकट गरेका थिए।

    थप सहकारी ठगी मुद्दामा अनुसन्धान जारी

    रवि लामिछानेमाथि अन्य सहकारी ठगी मुद्दाहरूमा समेत अनुसन्धान जारी छ। पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा पनि प्रहरी अनुसन्धान गर्दैछ। यसअघि, लामिछानेले विभिन्न सहकारी ठगी मुद्दाहरूमा २ करोड २५ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्।

    • रुपन्देहीको सुप्रिम सहकारीमा १ करोड,
    • पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख,
    • काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ६० लाख धरौटी बुझाएका छन्।

    चितवनमा थप ५४ लाख धरौटी बुझाएसँगै उनले कुल २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएका छन्।

    रवि लामिछानेले न्यायपालिका र न्यायाधीशहरूप्रति आस्था र विश्वास व्यक्त गर्दै आफू न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। “व्यक्ति को हुन्छ मलाई सरोकार छैन, तर चितवनले देखेको परिवर्तनको सपना चाँडै पूरा हुन्छ,” उनले जोड दिए।

    उनविरुद्धका मुद्दाहरूको निष्कर्षले मात्र भविष्यको राजनीतिक यात्रा स्पष्ट हुने देखिन्छ।

    प्रकाशित : बिहिबार, २४ माघ २०८१ , ०२:०० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend