भोलिबाट पञ्चाङपात्रो आउँदै

लोकसारथि, २८ माघ । विसं २०८२ सालको  पञ्चाङग पात्रो भोली मंगलबारबाट बिक्री सुरु हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२  सालमा  १४ पात्रोलाई स्वीकृति दिएको छ । भने ४ वटा स्वीकृतिको क्रममा रहेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले गत वर्षको १४ र यो वर्ष ४ वटालाई स्वीकृति दिएर आजबाट बिक्री खुला गर्न स्वीकृति दिएको छ । बाकी ४ वटा  पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने तयारी भइरहेको जानकारी दिए  ।

 समितिका अनुसार सूर्य,  तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि  ,गौरीशङ्कर लगायत लाई स्वीकृति दिएको छ ।

  पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । सोही आधारमा पात्रो तयार भएको हो । करिब दुई साता अघि पञ्चाङग निर्धारण गरी पात्रो छपाईको लागि स्वीकृति दिएको थियो ।

 समितिले आउँदो वर्षका  लागि तयार भएको पात्रो केतकी सिद्धान्तलाई आधार मानेर गणना गरेको हो  । अहिलेसम्म सूर्यसिद्धान्तको आधारमा गणना गरिएको थियो । आजबाट सार्वजनिक हुने पात्रो केतकी सिद्धान्तको आधारमा गणना गरिएको छ ।

   समितिले पञ्चाङग सहितको थिति, मिति र चाडपर्व सार्वजनिक गरी गृह मन्त्रालयमा पेस गरिसकेको छ । गृहले सोही आधारमा बिदा  निर्धारण गरी मन्त्रीपरिषदमा पेस गर्नेछ । मन्त्री परिषदको बैठकले बिदा स्वीकृत गरेपछि मात्र क्यालेण्डर प्रकाशित हुनेछ ।

 हामीले  चाडपर्वको सबै तयारी गरी मन्त्रालयमा पेस गरेका छौ,क्याविनेटले स्वीकृत गरेपछि मात्र क्यालेण्डर प्रकाशित हुनेछ । उनले सरकारले  यो वर्षपनि ढिलो गरी बिदा स्वीकृत गर्ने सम्भावना रहेको छ ।

 आजबाट बिक्रिको लागि आउने पात्रोमा  वडादशै ९ दिनअघि सरेको छ । आगामी वर्ष दशै असोजमै परेको छ । असोज ६ गते घटस्थापना परेको छ । २०८१ सालको घटस्थापना असोज १७ गते थियो । २०८२ साल असोज १३ गते फूलपाती र कालरात्री, १४ गते महाअष्टमी, १५ गते महानवमी र २० गते कोजाग्रत पूर्णिमा परेको छ ।  ०८२ सालको वर्षको दशै असोजमै सुरु भएर सोही महिना सकिनेछ  ।
 
 २०८१ सालको भन्दा  दुईसाताअघि  तिहार सरेको छ । तिहारको धनतेरस कात्तिक १ गते परेको छ । कात्तिक २ गते कागतिहार,३ गते नरकचतुदर्शी, कुकुर तिहार र लक्ष्मीपुजा परेको छ । यो वर्षपनि ककुरतिहार र लक्ष्मीपुजा एकै दिन परेको थियो । ४ गौपुजा, ५ गते म्हःपुजा , गोरुतिहार र नेपाल सम्बतको पहिलोदिन परेको छ । आगामी वर्ष कात्तिक ६ गते भाइटिका परेको छ । यसवर्ष कात्तिक १८ गते परेको थियो ।
 
 आगामी वर्ष बैशाख १४ गते मातातिर्थ औशी, १७ गते अक्षय तृतीया, २९ गते बुद्ध जयन्ती, जेठ २२ गते गंगा दशहरा, २४ गते तुलसीको बिउराख्ने एकादशी, असार २२ गते तुलसीरोप्ने एकादशी, २६ गते गुरु पूर्णिमा, असार २९ गते भानुजयन्ती, साउन ७ गते गठेमंगल घण्टाकर्ण, १३ गते नाग पञ्चमी, २४ गते जनैपुर्णीमा, २५ गते गाईजात्रा र ३२ गते श्रीकृष्ण जन्माष्टमी  पर्व परेको छ ।

  त्यसैगरी भदौ ७ गते कुसे औशी, ९ गते दरखाने, १० गते हरितालिका तीज, १२ गते ऋषीपञ्चमी, १५ गते गौरापर्व, भदौ २१ गते इन्द्रजात्रा , २३ गते सोह्श्राद्ध, ३० गते .थारुहरुको जितिया पर्व , असोज १ गते विश्वकर्मा पुजा र ५ गतेबाट सोह्श्राद्ध समाप्ती  परेको छ ।  गतवर्ष असोज १ गते इन्द्रजात्रा परेको थियो ।

 तिथिअनुसार कात्तिक १० गते छठपर्व, १५ गते हरिबोधिनी ( ठुली) एकादशी, मंसिर ३ गते बाला चतुर्दर्शी, सतबिज छर्ने, ९ गते सीता विवाह पञ्चमी, १८ गते धान्य पुर्णीमा उद्यौली पर्व रहेको छ । पुस २९ गतेबाट स्वस्थानीब्रतारम्भ, माघ ९गते श्रीपञ्चमी, १८ गते स्वस्थानी ब्रत समापन, फागुन ३ गते महाशिवरात्री, १८ गते पहाड र १९ गते तराईमो होली पर्व परेको छ ।चैत ५ गते घोडेजात्रा, १३ गते रामनवमी पर्व परेको छ ।
 
आगामी वर्ष जेठ २९ गतेदेखि असार २२ गतेसम्म वृहस्पती अस्त र मंसिर २८ देखि माघ १५ गतेसम्म शुक्रअस्त रहनेछ । आगामी वर्ष  व्रतबन्धको ८ र विवाहको ३७ वटा  साइत रहेको छ ।  वैशाखमा ३, फागुनमा ३ र चैतमा २ वटा व्रतबन्धको साइत परेको छ । वैशाखमा १०, जेठमा ७, मंसिरमा ८, माघमा २ र फागुनमा १० दिन  विवाहको साइत रहेको छ । आगामी वर्ष भदौ २२ गते खग्रास चन्द्रग्रहण र फागुन १९ गते खण्डग्रास चन्द्रग्रहण परेको छ । समितिले २०८१ सालमा  प्रकाशन भएका १४ पञ्चाङ्ग र नयाँ तीन वटाले प्रकाशन अनुमतिका लागि निवेदन दिएको  जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो कि ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.