काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको निर्देशनमा बन्ने चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहर्त सम्पन्न भएको छ। शुक्रबार बिहान कोटेश्वर महादेव मन्दिरमा पूजा गर्दै चलचित्रको औपचारिक शुभारम्भ गरिएको हो।
मुहर्त कार्यक्रममा वरिष्ठ अभिनेता सरोज खनालले क्ल्याप दिएका थिए भने युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फुटाएका थिए। बाल गायक तथा कलाकार अशोक दर्जी र वरिष्ठ कलाकार सन्तोष पन्तले मुहर्त शट दिएका थिए। सोही दिनबाट चलचित्रको छायांकन पनि सुरु गरिएको छ।
गायक टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन’ को कथावस्तुमा आधारित यो चलचित्रमा मुख्य पात्रका रूपमा अशोक दर्जी प्रस्तुत हुनेछन्। उनीसँगै चलचित्रमा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोललगायतका कलाकारको अभिनय रहनेछ।
सामाजिक कथावस्तुमा आधारित चलचित्र
निर्माता तथा निर्देशक टंक बुढाथोकी आफैंले चलचित्रको कथा लेखेका छन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्। सामाजिक विषयवस्तुमा केन्द्रित चलचित्रको वितरण जिम्मा बैंकटेश इन्टरटेन्टमेन्टले लिएको छ।
चलचित्रका निर्माता विष्णु माया मैनाली हुन् भने सह-निर्मातामा जीपी संग्रौला, लक्ष्मी गिरि, विवेक नेपाल, विजया पाण्डे छन्। कार्यकारी निर्माताको भूमिकामा मिनु शर्मा (सपना) रहेकी छन्।
प्राविधिक टिम
चलचित्र ‘मन बिनाको धन’ लाई उत्कृष्ट प्राविधिक टिमले तयार पार्नेछ। संगीत टंक बुढाथोकीले नै दिनेछन् भने छायांकन सौरभ लामाले गर्नेछन्। कोरियोग्राफी कविराज गहतराजको हुनेछ भने सम्पादन मित्र डी. गुरुङले गर्नेछन्। नवराज शर्मा मुख्य सहायक निर्देशकको रूपमा रहनेछन्।
गायन तथा संगीतमा सफल करिअर बनाइसकेका टंक बुढाथोकीको निर्देशनमा तयार हुन लागेको यो चलचित्र दर्शकको चासोको विषय बनेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
